कालीगण्डकी नदीको खोँचमा आधुनिक पिङ बनाएर साहसिक पर्यटन आकर्षित गर्दै ‘द क्लिफ’

काठमाडौं,जेठ ६/पछिल्लो समय नेपाली युवाहरूमा साहसिक पर्यटनप्रतिको क्रेज ह्वात्तै बढेको छ।

बन्जी, प्याराग्लाइडिङ, र्‍याफ्टिङ र जीपलाइनको सञ्जाल देशव्यापी फैलिएको छ। यससँगै साहसी पर्यटन प्रेमीलाई लक्षित गर्दै परम्परागत रूपमा खेलिने पिङलाई परिमार्जित गरी विभिन्न ठाउँमा अनौठा-अनौठा पिङ बनाउने होड नै चलेको छ।

कुश्मा बजारको एक रेस्टुरेन्टले पिङ बनाएर चर्चा कमाएपछि गोरखा बजार र धुलिखेल जीपलाइनमा पनि उस्तै खाले पिङ बने।

विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालकै अग्लो र नमूना पिङ बनाएको छ।

बन्जीका लागि कालीगण्डकी नदीको खोंचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ। सामान्यतया पिङमा अरूले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ।

पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने ल क्लिफका सञ्चालक कार्कीले जानकारी दिए।

चट्टान आरोहणलगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमूना पिङ बनेको कार्कीको दाबी छ।

विश्वकै अग्लो स्विङ र स्काई साइक्लिङ समेत निर्माण गरेको कम्पनीले सो क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने अध्यक्ष राजु कार्कीले बताए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’