गजल

-अनु शाह

धेरै रोएँ तिमीले मेरो मन दुखाए पछी,
सत्य कुरा जानिबुझी मै सँगै लुकाए पछी,

बितेका मौशमको सँम्झना गरें पछुताउँदै,
निर्लज्ज हुँदै बर्तमानले शिर झुकाये पछी,

गाँठो परेको दु:ख देखाउन कहाँ सक्थेर म,
भन्नै पर्यो रुखो तिम्रो बानिले फुकाये पछी,

प्रेमलाई मोल भाउ गर्दै तराजु मै जोख्नेलाई,
करले छोडेँ गुणको बदला आँशुले चुकाए पछी,

पहिलो पल्ट देखें बिबश सपनाले आँशु झारेको,
बग्ने मुल नै निराश मनको रापले सुकाए पछी

अमेरिका


सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’