एक महिनासम्म ब्राभित्र राखेर महिलाले कोरलिन् हाँसको अण्डा

चराले ओथारो बसेर अण्डा कोरलेको कुरा त कुनै समाचार बन्ने थिएन तर जब मानिसले ओथारो बसेर चराको अण्डा कोरलिदिन्छ तब त्यो निकै ठूलो समाचार बन्दोरहेछ ।

अमेरिकाको क्यालिफोर्नियामा एकजना महिलाले आफ्नो ब्राभित्र हाँसको अण्डा राखेर कोरलिदिएकी छिन् ।

बेट्सी रोस नामकी ती महिलाले पार्कमा अलपत्र अवस्थामा फेला पारेको हाँसको अण्डालाई आफ्नो ब्राभित्र पैँतिस दिनसम्म राखेर कोरलिदिएकी छिन् । उक्त अण्डाबाट हाँसको बचेरो निस्किएको छ ।

बेवारिसे हाँसको अण्डालाई आफ्नो ब्रा भित्र राखेर कोरल्ने ती महिलाको धेरै प्रसंसा गरेका छन् सामाजिक सञ्जालमा ।

समाचार अनुसार क्यालिफोर्नियाको भिसालियास्थित एक सार्वजनिक पार्कमा परिवार सँग हिँडिरहेको बेला उनले क्षतविक्षत अवस्थामा रहेको हाँसको एउटा गुँड देखिन् । उक्त गुँड बाहिर हाँसको एउटा अण्डा थियो । उक्त अण्डामा सानो चिरा परेको भएपनि अरु असर परेको थिएन ।

उनीसँगै रहेका उनका छोराछोरीले उक्त हाँसको अण्डा घर लगेर त्यसबाट हाँसको बच्चा निकाल्ने प्रयास गर्न अनुरोध गरे । तर उनले त्यसअघि घरमा कहिल्यैपनि चरा पालेकी थिइनन् र अण्डा कोरल्ने बारेमा उनलाई कुनै ज्ञान थिएन । तर बच्चाबच्चीको जिद्दीका अगाडि उनको केही लागेन र उक्त हाँसको अण्डलाई घर लगिन् ।

उनीसँग अण्डा कोरल्ने इन्कुबेटर मेसिन थिएन । त्यसपछि उनले उक्त अण्डालाई आफ्नो छातिमा ब्राभित्र राखिन् । अण्डा कोरलिनको लागि आफ्नो ब्राभित्र छातीमा टाँस्नु नै सबैभन्दा न्यानो तथा उपयुक्त ठाउँ हुने उनले ठहर गरिन् ।

उनले छातीमा राखेर अण्डालाई कसरी कोरल्न सकिन्छ भनेर इन्टरनेटमा समेत खोजी गरेकी थिइन् । इन्टरनेटमै सिकेको ज्ञान अनुसार उनले दिनमा दुई चारपटक ब्राभित्रको अण्डालाई ओल्टाइपल्टाइ गर्दथिन् । यसो गर्दा अण्डा कोरलिनका लागि उपयुक्त तापक्रम तथा आद्रता कायम हुन्थ्यो ।

उनले उक्त अण्डालाई ३५ दिनसम्म आफ्नो ब्राभित्र दुई वक्षस्थलको बीचमा राखिन् । उनी जहाँ गए पनि त्यो अण्डा उनको छातीमै टाँसिएको हुन्थ्यो र रातमा सुतेको समयमा समेत छातीमै हुन्थ्यो । तर नुहाउने बेलाचाहिँ उनले उक्त अण्डालाई आफ्नो छातीबाट निकालेर आफ्नो पतिको छातिमा राखिदिन्थिन् ।

३५औँ दिनमा हेर्दा उक्त अण्डाबाट हाँसको चल्लाको आफ्नो ठुँड बाहिर निकाल्न थालेको जस्तो देखियो । त्यसपछि उनले उक्त अण्डालाई छातिबाट निकालेर एउटा खुल्ला बाकसमा राखिन् ता कि अण्डाको खोल फुटाएर चल्ला सजिलैसँग बाहिर निस्कियोस् ।

तर बाकसमा राखेपछि पनि हाँसको चल्लाको ठुँडले अण्डाको खोल फुटाएर बाहिर आउन नसकेपछि उनले पशु चिकित्सकलाई खबर गरिन् । पशु चिकित्सकको परामर्श बमोजिम उनले अण्डाको बाहिर खोललाई बिस्तारै फुटाइन् । त्यसपछि हाँसको चल्ला बाहिर निस्किन सक्यो ।

तथापि मानिसले कोरलेको उक्त चल्लाको अवस्था निकै नाजुक थियो । केही दिनको मेहेनतपछि मात्र उक्त चल्ला राम्रोसँग हिँड्न सक्यो ।

केही समय पालेपछि रोसले उक्त हाँसको चल्लालाई स्थानीय एक वन्यजन्तु उद्दार फारमलाई दिइन् । सो हाँसको चल्ला अहिले ठूलो भैसकेको छ र वन्यजन्तु उद्दार फार्ममा रमाइरहेको छ । एजेन्सी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’