पर्वत प्रशासनद्धारा नयाँ वर्षमा कालीगण्डकीमा स्नान गर्न र मेला लगाउन रोक

पर्वत / विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमणको जोखिम न्यूनिकरणका लागि नयाँ वर्ष २०७७ को अवसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्न र मेला लगाउन रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार एक सूचना जारी गर्दै कालीगण्डकीमा मेला लगाउन रोक लगाएको हो । नववर्षको अवसरमा गरिने कुनै पनि धार्मिक मेला, पुजा आजा सांस्कृतिक जमघट नगर्न प्रशासनले अनुरोध गरेको छ ।
मुलुक तीन साता लामो लकडाउनमा रहेका बेला यस्ता खाले मेला र पुजा आजाले एक अर्काबीच संक्रमण फैलिन सक्ने जोखिम भएकाले घरमै बसेर सहयोग गर्न पनि आग्रह गरिएको छ ।
पछिल्ला केहि दिन यता अन्तर जिल्ला र अन्तर पालिका तथा कतिपय ठाउँमा अन्तरवडा समेत आवजावातमा कडाई भएको बेला परम्परागत रुपमा मनाउँदै आएको कालीगण्डकी स्नान तथा जमघटले सामाजिक दुरी समेत कायम नहुने र अन्य जोखिमहरु समेत निम्तिले भएकाले सचेत हुन भनिएको हो ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरेले सूचना जारी गर्दै यो स्वयंम आफैका लागि खतरा भएकाले सरकारले आव्हान गरेको लकडाउनलाई पालना गर्दै कालीगण्डकी लगायत मठ मन्दिरमा नजान आग्रह गर्नुभएको छ ।
नव वर्षको वैशाख संक्रान्तिको अवसरमा पवित्र कालीगण्डकीको तटमा पर्ने मोदीवेणी, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँपुल, सहस्रधारा, वारिवेनी, मिलनचोक लगायतका स्थानमा स्नान गर्नेहरुको भिड लाग्ने गर्दछ । प्रशिद्ध मोदीवेणी र विश्वकै ठुलो शालिग्राम शिला रहेको सेतीवेणीमा ठुलो मेला लाग्ने प्रचलन समेत रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’