कोरोनाले रोकेन पर्वत अस्पतालको सेवा : एकै दिन ४ वटा अप्रेसन

पर्वत । कोरोना संक्रमणका कारण कतिपय अस्पतालहरुले विरामीहरुको उपचार नगरेको गुनासो आइरहेको बेला पर्वत अस्पतालले भने नियमित सेवा प्रवाह गरीरहेको छ । अस्पतालले नियमित सञ्चालन हुने ओपिडि सेवा सरकारकै निर्देशनमा बन्द गरे पनि अस्पतालका इमेरजेन्सी तर्फका सवै सेवा सुचारु गरेको अस्पतालका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । पहाडीका अनुसार अस्पतालमा आउने कोहि पनि विरामीलाई फर्कन नदिने गरी स्वास्थ्यकर्मीहरुले सेवा प्रवाह गरीरहेका छन ।

जिल्लामा केहि बर्ष अघि देखि शुरु भएको अप्रेसन सेवा अझै प्रभावकारी बन्दै गएको छ । बुधवार मात्रै अस्पतालमा ४ जनाले अप्रेसन सेवा मार्फत प्रसुति सेवा लिएका छन । जटिल प्रसुति अवस्थामा पुगेका ४ जना महिलाको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी भएका ४ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोना उपचारका खटिएका डाक्टरहरुले अस्पतालमा आउने विरामीहरुको उपचारलाई समेत निरन्तरता दिएका हुन । अस्पतालकै पहलमा कोरोना रोगको उपचार गर्न नयाँ अस्पतालको निर्माण भएसंगै कोरोना संक्रमणेका सम्भावना भएका विरामीहरुलाई अर्को अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको गरिन्छ । पर्वत अस्पतालमा भने अन्य रोगका विरामीको उपचार अस्पतालले गर्दै आइरहेको छ । अस्पतालका प्रमुख डा. देवकोटाका अनुसार कोरोना रोगको नियन्त्रणका लागि हालम्म ५१ वटा कोरोना थ्रोड स्वाब परिक्षणका लागि नमुना संकलन गरिएको छ ।

अस्पतालले गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा धेरै स्वाब संकलन गरीरहेको छ । बागलुङमा शुरु भएको ¥यापीड टेष्टसंगै पर्वतमा थप १ सयको परिक्षण कार्य गर्ने गरी अस्पतालले तयारी गरेको डा. देवकोटाले जानकारी दिए ।

डा. देवकोटाका अनुसार हालसम्म कुश्मा नगरपालिका, जलजला गाउँपालिका, फलेवास नगरपालिका र मोदी गाउँपालिकाबाट नमुना परिक्षण गरिएकोमा भोली देखि पर्वतको महाशिला, पैयू र विहादी गाउँपालिकाबाट पनि कोरोना संक्रमणको नमुना संकलन गरिनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’