कुश्मा नगरपालिकाका कर्मचारीद्धारा १० लाख रुपैंया प्रकोप ब्यवस्थापन कोषमा सहयोग

पर्वत । कुश्मा नगरपालिकाका कर्मचारीले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन विकास कोषमा दश लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम बराबरको चेक आज कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी मार्फत नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछाने सहित वडाध्यक्षको रोहोवरमा हस्तान्तरण गरिएको हो ।

नगरपालिकाका कर्मचारी मध्ये प्रशासकिय अधिकृत हरी पंगेनीले १५ हजार अधिकृत स्तरका कर्मचारीले ८ दिन र सहायक स्तर र श्रेणी विहीन कर्मचारीले ५ दिन वरावरको तलव कोषका लागि प्रदान गरेको प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिए ।

कर्मचारीको बैठकले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नगरपालिकाद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गर्ने निर्णय भए बमोजिम रकम सहयोग गरिएको पंगेनीको भनाई छ । नगरपालिकामा हाल १ सय ९५ जना कर्मचारी कार्यरत छन् । नगरपालिका भित्र कार्यरत शिक्षकहरुले छुट्टै रकम कोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’