लक डाउन पिडीतलाई राहतका लागि शिबशक्ति सहकारीको सहयोग

पर्वत / कुस्माबजार स्थित शिबशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कुस्माबजारको बिपद् ब्यबस्थापन कोषमा २१ हजार सहयोग गरेको छ ।
सहकारी लक डाउनबाट हातमुख जोड्नका लागि गाह्रो भएका अतिबिपन्न र असंठित क्षेत्रका मजदुरहरुका लागि सहयोग गर्न कुस्मा नगरपालिकाको बिपद् कोषमा रकम जम्मा गरेको हो ।
सहकारीका अध्यक्ष ज्ञानेन्द्रकुमार जोशीले कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई २१ हजार १ सय ११ रुपैयाको सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । दैनिक ज्याला मज्दुरी गर्ने, अति बिपन्न, एकल महिला, अपांगहरुको राहतका लागि थोरै भएपनि सहयोग पुगोस भनेर सहकारीले सहयोग गरेको अध्यक्ष जोशीले बताउनुभयो ।
यसअघि कुस्माको बिपद् ब्यबस्थापन कोषमा धनेश्वरी कृषि सहकारी संस्थाले २५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको थियो भने भडखोरे सामुदायिक वन उपभोक्ता समुहले पनि २० हजार सहयोग गरेको नगरपालिकाको सामाजिक बिकास समितिका संयोजक तथा वडा न-११ का अध्यक्ष शिब पौडेलले जानकारी दिनुभयो । हिलो पटक नेकपा कुस्मा नगरकमिटीले ५० लाख सहयोग गरेको थियो भने कुस्माबजारका लायन्स क्लबहरुले ३३ सय किलो चामल र १० केजी दाल नगरपालिकाको खाद्यय बैंकका जम्मा गरिसकेका छन ।
कोषमा कुस्मा नगरपालिकाले ५० लाख जम्मा गरेको छ भने जनप्रनितिधीहरुको तर्फबाट कार्यपालिका सदस्यहरु, कर्मचारीले समेत रकम जम्मा गरिसक्नुभएको छ । कोषमा सहकारी संस्था र शुभेच्छुकहरुलाई सहयोग गर्न आब्हान गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।
समाप्त चैत्र २५

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’