महाब्याधि कोभिड १९

जगन्नाथ प्रसाद लंसाल

बुहान बाट भाको हो सुरु कोराना भाइरस
संसारभरि फैलिइसको यसको सन्त्रास
उहिल्यै पनि बिफर प्लेग सार्स र मार्स र
पहिला दोस्रा ती विश्वयुद्ध त्यो नर -संघार
विपद पार गरेरै आयौं हारेन संसार
ऐले त धैरै उपायहरु मानव साम्ने छन्
एकान्तबास लकडाउन् जस्ता कार्यक्रम् आका छन्
घरमै वसी सुरक्षित् हुन सजिलो कुरा छ
सकिन्न भन्न लखर लर्खगरेर जो हिड्छ ?
सरकारको यो विवेक पुर्ण कदम भनेर
सरकार तिम्रै छौ हामी साथमा जनता भनेर
जनता सरकार एक् भइकन साथ्साथ हिड्नु छ
कोरोना छिर्न नदिनलाई सचेत बन्नु छ
भाइरस स्रोत कटौती गर्नु पहिलो कुरा हो
प्रसाण हुने बाटो नै छेक्ने त्यो दोस्रो कुरा हो
एकान्त बास बसेको बेला संकामै लागेमा
त्यो कोरोनाको रगत जाचॅ गराउनु पर्दछ
सकेको छिटो रगत जांचौं लस्पस नगरौ
थुक र सास बाट यो सर्छ जोगियौं,जोगाऔं
त्यो सेल्फ क्वारेनटाइन बस्दा पट्टायार लाग्दो हो
पट्यार लाई सिर्जनसिल पार्ने काम् आफ्नै हो
बिहान गर्नै ती नित्यकर्म सम्पुर्ण गर्नुहोस
पाच्वजे उठी प्रणायाम्व्याम् बिहानै गर्नुहोस्
बिहानै पैला योजना दिन्को बनाउने गर्नुहोस्
योजनानुसार त्यो दिनलाई गुजार्ने गर्नुहोस्
पौष्टिक खाना खाएर रक्तसेलनैबढाउनोस्
पुस्तक पढ्नोस् टी भीनै हेर्नोस् सिर्जना गर्नुहोस्
तपाईको हब्वी जे कुरामा छ त्यैकुरा गर्नुहोस्
करेसाबारी फूलबारी भए काम पनि गर्नुहोस्
नयाॅ र नौला परिकार्हरु बनाई खानुहोस्
जहानबच्चाहरुका साथ रसिला ती मीठा
गरेर कुरा बियाल्नु दिन घरि त ख्याल्ठट्टा
चिन्ता र पीर के होला कसो मनमा नलिनोस्
एकान्तबास हासी र खुशी रमाई बिताउनोस्
सवल आत्मा त्यो दृढ शक्ति मनमा साॅचेर
मरिन्छ भन्ने छाडेर डर कम्मर कसेर
जिन्दगी पूरा बाचेर राम्रो सुकार्य गर्ने हो
जाॅगर झिकी कला र कौशल उद्योग गर्ने हो
त्यो जाओ भाइरस् कोरोना भन्ने पचाउन सकिन्छ
शरीरभित्र उर्जाको रास कति हो कति छ प्रयोग त्यही गरेमा राश कोरोनै मासिन्छ
ठुल्ठुला विपद् ति महामारी झेलेर आका हौ
यो देशैबाट कोरोना जाओ भगाउन सक्तछौ
यो कोरानाको साङ्गो र पाङ्गो लक्षण जान्नु हो
औषधी यसको यसैको ज्ञान राम्ररी राख्नु हो
यो रोग सर्दा कसरी सर्छ त्यै कुरा जान्नु हो
अचुक यसको औषधी भन्नु सचेत हुनु हो
कर्तब्य हाम्रो के हुनु पर्छ त्यै कुरा जान्नु हो
महान ठुलो विपद ऐले देशमा आको छ
एकजुट भइ जनता सबै सामना गर्नु छ
धनी र मानी उद्योग पति ठुल्ठुला ब्यापारी सद्भाव मैत्री दया र धर्म मनमा अॅगाली
मनको साॅचो खुस भै खोली धर्म कमाउनोस्
सरकारको त्यो राहतकोष् मा सहयोग गर्नुहोस्
दिनका दिन कमाइखाने नमरुन् भनेर
नपाई खान गरिब कोही नमरोस् भनेर
तिनवटै सर्कार मिलेर केही ब्यवस्था गरीद्यौ
स्थानीय सत्ता जिम्मेवार भई गरिव छानीदेउ
जनता सेवी जनता जिम्मा लिएका हरु हो
जत्तिको ठुलो पदमा तिमी उत्तिकै दायित्व
कर्तब्य आफ्नो निभाउन पर्छ संझेर दायित्व
संसारभर्का देश के गर्छन त्यो हेर्नु पर्दछ?
लिएको जिम्मेवारीको बोध संझनु पर्दछ।।।

फलेवास, पर्वत
हाल अमेरिका

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’