‘बिरामी निको पार्छु’ भन्दै सात घन्टासम्म निर्घात कुटपिट गर्ने क्रिष्चयन धर्मगुरु संग प्रहरीमा मिलापत्र !

गोरखा /गोरखा नगरपालिका ८ कट्टेलडाँडाकी संगीता परियार क्रिश्चियन थिइनन्। टाउको दुख्ने, ज्वरो आउने बिरामी भएकी उनलाई अमाजु नाता पर्ने क्रिश्चियन धर्मगुरु पास्टर निरमाया परियारले ‘बिरामी निको पार्छु’ भन्दै घन्टासम्म भुत्याउने, कुट्ने, कोपर्ने, चिथोर्ने गर्दै बिहान छ बजेदेखि दिउँसो एकबजेसम्म निर्घात कुटपिट गरिन्।

कुटाइले शरीर थिलोथिलो भयो र शरीरभरि निलडाम हुने गरी चोटपटक लागेपछि संगीताले सहन सकिनन् । खपि नसक्नु भएपछि पिडित संगीताले पास्टर अमाजु निरमायालाई कारबाही गर्न माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिइन्। तर प्रहरीले भने पिडित निरमाया परियारलाई नियन्त्रणमा लिएको छैन। दुवै पक्षलाई राखेर मिलापत्र गराइएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए।

‘कोरोना भाइरसको जोखिमका कारण अहिले हामीले सकेसम्म थुनुवा नराख्ने भनेर नियन्त्रणमा लिएका छैनौं’, उनले भने, ‘अहिले अदालत पनि बन्द भएकाले दुई पक्षलाई राखेर अबदेखि यस्ता घटना नगराउने र पछि अदालत खुलेपछि हाजिर गराउने सर्तमा छाडिदिएका छौं।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’