कोरोनाबाट बच्नका लागि ‘कोरो’ बारेरै बस्ने की?

न्युज डबली / पर्वत
देश लक डाउनमा छ , सबै क्षेत्र ठप्प छ । अझैपनि केही मानिसहरु अटेरी गरि बिना काम सडकमा घुमिरेहका छन भने भोजभतेरमा पनि रमाएको पाइन्छ । अर्को तर्फ बिदेशबाट चैत्र शुरु भएपछि स्वदेश फर्केकाहरुलाई कसरी क्वारेन्टाईनमा राख्ने भन्ने चिन्ता सबैको छ ।
यस्तै चिन्ता शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा पनि देखियो । पर्वतबाट प्रतिनिधीसभामा निर्वाचित साँसद पदम गिरीको संयोजनमा कोरोनाको संक्रमण संग जुध्न सबै स्थानिय तहरुको एउटै रणनिती तयार गर्ने उद्देश्य सहित बैठकमा सहभागी पालिकाका प्रमुखहरुले सबैभन्दा बढी चिन्ता भनेकै मानिसलाई घरमै कसरी राख्ने भन्नेमै थियो ।
सरकारले बिदेशबाट फर्केकालाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्न भनेको छ । बिदेशबाट फर्केकाहरुलाई क्वारेन्टाईनमा नराख्दा उनीहरु मध्ये केहीमा संक्रमण पुष्टि भएको छ र अहिले उनीहरु संग सम्पर्कमा भएकाहरु सबै संशकित भएका छन । बिदेशबाट फर्केकाहरुलाई घरमै राख्न समेत नसकिएको गुनासो पालिका प्रमुखहरुको थियो । बैठकले बिदेशबाट फर्केकाहरु क्वारेन्टाईनमा बस्न अनिच्छुक देखिएको र परिवारले समेत लुकाउने अबस्था आएका कारण पालिकाले नै बनाएको क्वारेन्टाईनमा राख्न आबश्यक भएको निष्कर्ष निकालेको थियो । बिदेशबाट फर्केकालाई अनिवार्य क्वारेन्टाईनमा राख्ने र अन्य नागरिकलाई हिडडुलमा पुर्ण प्रतिबन्ध नलगाए सम्म माहामारीबाट कोही पनि बच्न नसक्ने कुरामा सबै सहमत देखिए ।
बैठकमा क्वारेन्टाईनमा कडाई गर्न प्रहरी र सेनालाई परिचालन गर्नुपर्ने देखि अन्य बिकल्पकाहरुमा बारेमा पनि सहभागीले धारणा राखे । त्यसैक्रममा फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले मृत्यु संस्कारमा किरीया बस्दा कोरो बारे जसरी क्वारेन्टाईनमा राख्नुपर्ने धारणा राखे । अहिले पनि मानिसहरुलाई दुरी कायम गरेर बस, बाहिर ननिस्क, सजग होउँ भन्दा मजाक जस्तै गर्नेहरु पनि छन । यसले गर्दा संक्रमण फैलन सबैभन्दा बढी जोखिम छ ।

नेपाली हिन्दु र अन्य समुदायमा समेत मृत्यु संस्कारका लागि अनिवार्य रुपमा कोरो बारेर किरीयापुत्री बस्छन । कोरो बारेर बसेका किरियापुत्रीलाई कसैले छुँदैनन , आफै पानी भर्छन, आँफै पकाउँछन खान्छन र भाँडा पनि आफँै धुन्छन । उनीहरुलाई कसैले छुँदैन र छोएमा किरीयापुत्री भोकै बस्नुपर्छ भन्ने मान्यता छ । यसैगरी संक्रमणको लक्षण भएका, बिदेशबाट फर्केकाहरुले कोरो बारेरै किरीयामा बसे जस्तै आचरणमा नबस्ने हो भने नेपालमा पनि संक्रमण स्पेन, इटाली र अमेरिकामा जस्तै फैलने संभावना रहेको छ । झट्ट सुन्दा किरीया बस्ने कुरा कसैलाई पनि राम्रो लाग्दैन तर किरीया बस्दा जस्तै गरि क्वारेन्टाईनमा बस्ने हो भने यो माहामारीलाई पराजित गर्न सकिन्छ ।


विदेशबाट फर्केकाहरु गाउँघरमा निस्फ्रकी घुमेका र गाउँमा रहेका स्थानीयहरुले पनि नियम पालना नगरेको गुनासो देखिन्छ । गाउँघरमा टोल भेला गर्ने, चौतारीमा गफ गर्ने र चियापसलमा जम्मा हुने दर घटेको छैन । खसी, बोका काटेर भोज गर्ने दर पनि बढेको देखिन्छ । सामूहिक मेलापातमा जानेहरुको संख्या पनि त्यत्तिकै छ । यसले झनै जोखिम बढाएको छ । बजारमा पनि बिना काम पास लिने, बिना काम सडकमा रमिता हेर्नेहरुको कमी छैन । बागलुङ्गमा संक्रमित देखिएपछि त्यसको पर्वत कनेक्सनको पनि खोजी भैरहेको छ ।
बैठकले अहिले सम्म होम क्वारेन्टाईनमा राख्ने निर्णय भएपनि परिवारका सदस्यहरु समेत जोखिममा पर्ने र त्यसले संक्रमण फैलन सक्ने भएकाले परिवार संग समेत भौतिक सम्पर्कमा नराखि सिधै क्वारेन्टाईनमा जान अपिल गरेको छ । बिदेशबाट फर्केका सबै ब्यक्तिमा कोरोनाको संक्रमण नभएपनि परिक्षण गर्नका लागि त्यस्ता ब्यक्तिलाई क्वारेन्टाईन सम्म पु¥याउन वाड अध्यक्ष तथा सदस्य र टोल समिति समितिलाई सक्रिय बनाउने सहमति पनि भएको छ। अब क्वारेन्टाईनमा नसके घरमै बसेकाहरुले पनि छुट्टै कोठामा ‘कोरो बारे जस्तै गरि ’ बस्ने हो की ?

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’