सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीको ‘भिर्नि झोलामा’ करोड क्लबमा प्रबेश

पर्वत । “भिर्नी झोला”मा नामक गीत करोड क्लबमा दर्ता भएको छ । यूटुवबाट सार्वजनिक भएको उक्त गीत १ करोड भन्दा बढि पटक हेरिएको हो।

गीतमा कृष्ण अखेली र सरस्वती लामिछानेको स्वर रहेको छ । कोरस आवाजको लागि दिइएको सामूहिक आवाजमा भने कलाकारहरू याम क्षेत्री, खेम सेन्चुरी, सरीता कार्की र वसन्त थापा मगरले स्वर भरेका छन् ।

गीतको लागि शब्द रचना शिव अखेलीले गरेका हुन भने सङ्गीत कृष्ण अखेलीको नै रहेको छ । गीतको म्युजिक भिडिओमा पछिल्लो समयका म्युजिक भिडिओको निर्देशन सुनिल क्षेत्रीले निर्देशन र अभिनय गरेका छन् भने उनीसँगै रक्षा श्रेष्ठ र अर्जुन गौतमको अभिनय र नृत्य रहेको छ ।

केहि सिमित लोक गीतहरुले मात्र करोड दर्शक पाएको बेला भिर्नि झोलाले नयाँ रकेर्ड राखेको गीतका गायक अखेलीले जानकारी दिए । यूटुवमा लोकगीतहरु पनि हेरिन्छ भन्ने यो पछिल्लो उदाहरण भएको अखेलीको भनाई छ । यहि गीतका कारण अखेलीले पछिल्लो समय चर्चा बटुलिरहेका छन । स्टेजहरुमा उनको माग हुन थालेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’