पर्वतमा जन्मिएका स्वास्थ्य क्षेत्रका कुलमान – जागेश्वर जाग्दा फेरियो थापाथली अस्पतालको मुहार

काठमाडौं । थापाथलीमा रहेको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल अहिले सफा देखिन्छ, शौचालयहरु पनि सफा छन्, अस्पताल छिरेपछि दुर्गन्ध छैन । सेवाग्राहीले पानी किन्न पर्दैन भने बिरामी कुरुवाका लागि बस्ने व्यवस्था पनि छ । कुरुवाले घरबाट ओछ्यान बोकेर आउनु पर्ने झन्झट पनि हटेको छ ।

अस्पतालमा राती बस्नका लागि महिला र पुरुषलाई छुट्टाछुट्टै कोठाको व्यवस्था मिलाइएको छ । अस्पतालका निर्देशक प्रा.डा.जागेश्वर गौतमले बिरामी कुरुवालाई अत्यन्तै असहज स्थिति रहेकाले उनीहरुलाई बस्नको सुविधा मिलाइएको बताउनुभयो । टाढा–टाढाबाट बिरामी लिएर अस्पताल आएकाहरुलाई बस्न सुविधा नहुँदा होटलमा बस्नुपर्ने बाध्यताले खर्च बढि हुने गथ्र्याे तर अहिले बस्ने सुविधा बनाइएपछि बस्न लाग्ने खर्चलाई उपचारमा लाउन मद्दत पुगेको छ– निर्देशक गौतमले भन्नुभयो ।

बस्न मात्रै होइन अस्पतालमा तातो चिसो पिउने पानीको सुविधा पनि थप गरिएको छ । अस्पतालमा तातो चिसो पानीको निशुल्क व्यवस्था गरिएपछि, सेवाग्राहीको पानीमा हुने वार्षिक खर्च ३० देखि ४० लाख रुपियाँ जोगाएको छ । निर्देशक गौतमका अनुसार अस्पतालमा पानी व्यवस्थापनका लागि जम्मा ५ लाख रुपिया खर्चेको थियो ।

समयमा फोहोर व्यवस्थापन हुन नसक्दा बेलाबखत अस्पताल परिसर नै दुर्गन्धित हुने गरेको यस अस्पतालले अहिले फोहोर बेच्ने गरेको छ । फोहोर व्यवस्थापनमा मासिक ३ लाख खर्च गर्दै आइरहेको अस्पतालले अहिले फोहोर बेचेर मासिक ६० हजार कमाइरहेको छ । यस अस्पतालमा गरिएको फोहोर व्यवस्थापन नमुना योग्य भएपछि वीर, शिक्षण अस्पतालले पनि यस अस्पतालमा जसरी फोहोर व्यवस्थापन कार्यको थालनी गरिसकेका छन् ।

पेरिस पुगेका बेला त्यहाँ लोडसेडिङ नभएको देख्दा अचम्म लाग्यो, कसरी सम्भव भयो भनेर बुझ्दा फोहोरबाट बत्ति निकाल्दा रहेछन् त्यतिबेला नेपालमा १२ घण्टे लोडसेडिङ थियो । नेपालमा पनि फोहोर व्यवस्थापन गर्न सके लोडसेडिङ कम गर्न सकिने रहेछ भनेर पेरिस फर्के लगत्तै काठमाडौ महानगरपालिकामा प्रस्ताव राख्न गएको मलाई पत्याएनन् ।

तर मलाई त्यो काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहयो । पछि परोपकार अस्पतालमा आएपछि सानैबाट सुरु गरौँ भनेर मैले फोहोर व्यवस्थापनको काम सुरु गरेको हो । हामीलाई अस्पतालबाट निस्कने फोहोरको मात्र होइन सुत्केरी हुँद ानिस्कने साल व्यवस्थापन निकै कठिनाई थियो तर अहिले यो समस्या पनि समाधान भएको स्मरण गर्दै अक्सिजन प्लान्टको व्यवस्थापनको काम पनि भइरहेको निर्देशक प्रा.डा. गौतमले बताउनुभयो ।

अस्पतालमा सेवा सुविधा र भौतिक संरचनाको स्तरन्नोति भएपछि विरामीको चाप दोब्बरले बढेको छ । ओपिडीमा दैनिक करिव ४ सय बिरामीको परीक्षण हुने गरेकोमा यो दर दोब्बरले बढेर अहिले सातदेखि आठ सय पुगेको छ । नवजात शिशुका लागि आई सि यू सुविधानिशुल्क छ भने मेमोग्राम सेवाविस्तार गरिएको छ ।

यो अस्पताल ल्याप्रोस्कोपी सेवा सुरु गर्ने पहिलो सरकारी अस्पताल हो । ३ वर्षअघि ल्पाप्रोस्कोपी सेवा सुरु गरेको अस्पतालले ५ वर्षभित्र सबै ठूला अप्रेशन ल्याप्रोस्कोपी सर्जरी मार्फत नै गर्ने गरि तयारी गरेको छ । अस्पतालमा वार्षिक ४ हजार ठूला अप्रेशन हुने गरेको छ र वर्षेनी यसको दर पनि बढिरहेको छ । प्रसुती अस्पताल, धेरै सुत्केरी गराउने अस्पतालमध्ये विश्वमा पाँचौं स्थानमा पर्दछ । प्रत्येक वर्ष सुत्केरी हुने दर वढिरहेको यस अस्पतालमा यस वर्ष हालसम्म २२ हजारको सुत्केरी भइसकेका छन् । बिरामीको चाप बढेपछि ३ सय ५० बेडलाई बढाएर ५ सय बेडको बनाइएको छ ।

अस्पतालमा १ सय ३० चिकित्सक, २ सय ५० नर्स तथा अन्यकर्मचारी गरि जम्मा ६ सय ५० जनशक्ति छन् । अस्पतालमा रहेका सबैको इच्छाशक्ति, सहकार्य र साथले अस्पतालको मुहार फेरिन सम्भव भयो, निर्देशक प्रा.डा गौतमले खुशी हुँदै भन्नुभयो यस अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने मेरो चाहना छ, प्रतिष्ठान बनाएर मातृशिशु सम्वन्धी तालिम दिने, तथा पाठ्यक्रम बनाएर पढाउने केन्द्रिय अस्पताल बनाउनुपर्छ भने स्त्री र प्रसुति रोग सेवालाई अलग्याउनुपर्छ यसमा पनि मलाई सबैको सहयोगको खाँचो छ ।हेल्थपार्टीबाट साभार

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’