पर्वतको फलेवासमा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित

पर्वत/विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणका कारण नेपालमा पनि सवै औपचारिक सभा सम्मेलन स्थगन गर्न सरकारले आग्रह गरेको छ । यस्तै जिल्ला स्तरमा पनि विभिन्न कार्यक्रमहरु स्थगित हुन थालेका छन् ।
पर्वतको फलेवास नगरपालिकाले पनि आजदेखि आयोजना गर्न लागेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगन भएको जनाएको छ । आज बिहीवारदेखि २४ गतेसम्म संचालन गर्न लागिएको राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप अर्को मिति तय नभएसम्म स्थगन गरिएको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।

कोरोनाको जोखिमका कारण विद्यालय तहको परिक्षा चैत ५ गतेभित्रै सम्पन्न गर्नुपर्ने भएको र यो प्रतियोगिता आयोजना गर्दा विद्यार्थीहरुको पठन पाठनमा समेत प्रभाव पर्ने भएकाले तत्काललाई स्थगन गरिएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।
प्रतियोगितामा अन्तिम तयारी भएको अवस्थामा स्थगन गर्नुपरेको भन्दै तयारीमा जुट्ने सवै खेलाडी, जनप्रतिनिधि, कर्मचारी तथा विद्यार्थीहरुलाई नगरप्रमुख शर्माले धन्यवाद व्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’