कालीगण्डकी करिडोरमा सडक नै बन्द गरेर निर्माण सामाग्री उत्खनन, पुल समेत जोखिममा

न्युज डबली संवाददाता, बागलुङ्ग / उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरमा आवगमन नै बन्द गरेर निर्माण ब्यबसायीले अर्को सडकमा प्रयोग गर्नका लागि अबैध रुपमा निर्माण सामाग्री उत्खनन गरेको पाइएको छ ।
कर्ण बिल्र्डस प्रालिले बागलुङ्ग नगरपालिकाको वडा नं १० गलुवा भन्ने ठाउँमा तीन साता अघि देखि सडकमा आवगमन नै बन्द गरेर अर्को सडकमा प्रयोग गर्नका लागि निर्माण सामाग्री उत्खनन गरेका हुन ।
कर्ण बिल्र्डस प्रालिले मालढुंगा– पाग्जा– पानी –ट्याङ्गकी कुस्मीशेरा सडक अन्र्तगत पाग्जा देखि – कुस्मीशेराको टाकुरी सम्म १० किलोमिटर सडक कालोपत्रे गर्ने काम गरिरहेको छ । सडकमा कालोपत्रे गर्नका लागि आबश्यक पर्ने निर्माण सामाग्री कालीगण्डकी करिडोरको १५ मिटर क्षेत्र भित्रैबाट बिना अनुमति उत्खनन गरेको र करिडोरको गलुवाखोला पुल समेत जोखिममा परेको भन्दै करिडोरले निर्माण सामाग्री उत्खनन बन्द गर्न निर्माण ब्यबसायीलाई पत्राचार गरेको छ ।
कालीगण्डकी करिडोर(गैडाकोट –राम्दी–मालढुंगा) आयोजनाले माघ १७ गते र फागुन २ गते निर्माण ब्यबसायीलाई पत्राचार गरि सडक सिमा भित्र गरिएको उत्खननले पुल समेत जोखिममा परेको भन्दै तत्काल उत्खनन बन्द गर्न भनेको छ। आयोजनाले तत्काल उत्खनन बन्द गर्न र सडकमा आवगमन सुचारु गराउन आग्रह पनि गरेको छ । उक्त सडक केही समय अघि नेपाली सेनाले चौडा बनाई सडक बिभागलाई हस्तान्तरण गरेको हो । कालोपत्रे हुने चरणमा रहेको सडकको ठेक्का आब्हान पछि सम्बन्धित निर्माण ब्यबसायीले मात्रै सडकको क्षेत्राधिकार भएको क्षेत्रबाट निर्माण सामाग्री उत्खनन गर्न पाउने ब्यबस्था छ । सार्वजनिक सडक ऐन २०३१ ले पनि सडक क्षेत्रबाट निर्माण सामाग्री उठाउन मात्रै होइन सडक क्षेत्रमा क्षति हुने कुनै काम गर्नुपरेमा सबन्धित निकायबाट अनुमति लिनुपर्ने र क्षति भएको क्षेत्रमा मर्मत गर्नुपर्ने स्पष्ट ब्यबस्था गरेको छ ।


अर्को सडकमा निर्माण सामाग्री लैजाँदा भबिश्यमा सेही सडकमा काम गर्ने निर्माण ब्यबसायी समेत मर्कामा पर्ने अबस्था देखिएको छ भने निर्माण ब्यबसायीले कालीगण्डकी करिडोरको क्षेत्राधिकार भित्रको सडकमा निर्माण सामाग्री उत्खनन गर्न र अर्को सडकमा प्रयोग गर्न लैजानका लागि अनुमति समेत नलिएको पाइएको छ । सडकमा आवगमन बन्द गर्नका लागि स्थानिय प्रशासनको सहमति लिएर सार्वजनिक सुचना जारी गर्नुपर्नेमा उक्त प्राबधान समेत पालना नगरेको पाइएको छ । ‘हामीले सडकको क्षेत्राधिकार भित्र उत्खनन बन्द गर्नका लागि पत्राचार गरेर ध्यानाकर्षण गराएका छौ’ आयोजनाका इन्जिनियर अर्जुन नेपालीले भन्नुभयो ‘हाम्रो पत्राचारलाई अबज्ञा गर्ने काम भएको छ, यो सार्वजनिक सडक ऐनको बर्खिलापमा छ ।’


निर्माण ब्यबसायी कर्ण बिल्र्डसका सञ्चालक नविन गुरुङ्ग भने पाग्जा –टाँकुरी सडक खण्डमा निर्माण सामाग्री नभएका कारण ब्यक्तिको नाममा रहेको जमिनमा उत्खनन गरिएको बताउनुहुन्छ । उहाँले नदीमा पनि निर्माण सामाग्री निकाल्न नदिने, ब्यक्तिको जमिन समेत नभेटिएपछि करिडोर संग सिमा जोडिएको ब्यक्तिगत जमिनमा अनुमति लिएर उत्खनन गरेको बताउनुभयो । अहिले करिडोरको कालोपत्रे गर्ने काम नभएका कारण पनि उक्त क्षेत्रबाट उत्खनन गर्न पाउनुपर्ने माग उहाँको छ । निर्माण सामाग्री उत्खनन गर्न नपाउने हो भने आफुँले काम थालेको सडकमा कामै अघि बढ्न नसक्ने अबस्था रहेको उहाँको भनाई छ । ‘मैले जग्गाधनी ब्यक्तिलाई रकम दिएर उत्खनन गरेको हुँ’ उहाँले भन्नुभयो ‘त्यही बाटोमा ठेक्का नखुलेको अबस्थामा अरुले पनि प्रयोग गर्न पाउँछन’
बागलुङ्गका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले सडक बन्द गरेर उत्खनन गरेको गुनासो आएका कारण अनुगमन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले अनुमगन गरेपछि मात्रै भएको हो स्पष्ट हुने जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’