गौतमबुद्ध रंगशाला बनाउन धान्याचल महोत्सवमा ५५ करोड रुपैयाँ सहयोग सङ्कलन

चितवन / चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालास्थल निर्माणमा सहयोगार्थ आयोजित धनधान्याचल महोत्सवबाट लक्ष्यभन्दा ५ करोड रुपैयाँ बढी सहयोग सङ्कलन भएको छ।

धनधान्याचल मुल समारोह समितिका महासचिव दिनेस कुमार चुकेका महोत्सवमा दाताहरुले ५५
करोड रुपैयाँ सहयाेग गरेका छन्‌।

यस्तै, महोत्सवको खर्च पनि अनुमान गरिएभन्दा कम भएको चुकेले जानकारी दिए। ७३ लाख रुपैयाँ खर्च अनुमान गरीएकोमा ७६ लाख रुपैयाँ मात्रै खर्च भएको तथा १५ लाख रुपैयाँ बराबरको खर्चको रकम पनि आम्दानीकै रुपमा राख्न सफल भएका चुकेले बताए। माघ १९ देखि शुरू भएको महोत्सव १ दिन थप गरेर २७ गत्ते सोमबार विशेष कार्यक्रमकाबीच समापन गरिएको छ।

महायज्ञबाट रकम सङ्कलनको महाअभियान शुरू भएकाले आगामी दिनमा रकमको ओइरो लाग्ने समितिका संयोजक एवम्‌ सांसद विजय सुवेदीले विश्वास व्यक्त गरे। उनले धुर्मुस सुन्तली फाउण्डेसनलाई पनि रङ्गशाला निर्माणको काममा तीव्रता दिन आग्रह गरे। ३० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला धुर्मुस सुन्तली फाउण्डेसनको संयोजनमा निर्माण भइरहेको छ। २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको रङ्गशालाको मैदान ४ अबको चार महिनाभित्र तयार हुने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले दाबी गरे।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’