राष्ट्रिय बालशिक्षा सदनमा खेलकुद सप्ताह शुरु

पर्वत / पर्वतको कुस्माबजार स्थित राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजीआवासिय माध्यामिक बिद्यालयमा खेलकुद सप्ताह शुरु भएको छ ।

बिद्यार्थीलाई शारिरीक रूपमा चूस्त दुरूस्त राख्न र बिद्यार्थीका अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उदेस्यले आयोजना गरिएको खेलकुद सप्ताहको सोमबार देखि सप्ताह शुरु भएको हो ।

सप्ताहको बिद्यालय सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद शर्माले खेलकुद सप्ताहका मूल संयोजक तथा अनुशासन ईन्चार्ज बिकास केसीलाई खेलकुद सामाग्री हस्तान्त्रण गरी उद्घाटन गर्नुभयो ।
खेलुकद सप्ताहमा बिभिन्न ८ बिधामा माद्यमिक तह र बिभिन्न ७ बिधामा प्राथमिक तहका बिद्यार्थिहरूलाई सहभागी गराईने बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले बताउनुभयो। पर्वतकै जेठो यो बिद्यालयले पठनपाठन अलावा तेक्वान्दो , बक्तिवत्वकला हांजिरीजबाफ नृत्य शैक्षिक भ्रमण चित्रकला हस्तकला लगायतका बिभिन्न अतिरिक्त कृयाकलाप गर्दै आईरहेको छ ।


बिद्यालयका प्रिन्लिपल थानेश्वर ढकालको अद्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व प्राथमिक तह शिक्षक ईन्चार्ज कल्पना क्षत्री , अनुशासन ईन्चार्ज बिकास केसी, शेयर सदस्य स्य चक्रपाणि शर्मा , लेखा प्रमुख अच्युत तिवारी लगायतले शुभकामना राख्नुभएको थियो । कार्यक्रमको सन्चालन निम्न माद्यमिक तह शिक्षक ईन्चार्ज प्रकास आचार्यले गर्नुभएको स्काउट शिक्षक मिना खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’