पर्वत महोत्सव आज सकिँदै -अन्तिम दिन बद्री पंगिनीको विशेष धमाका

पर्वत/ पर्वतमा विगत एघार दिनदेखि जारी पर्वत महोत्सव आज समापन हुँदैछ । महोत्सवको आज अन्तिम दिन भलिवल, भजन, रत्यौली, र नृत्य प्रतियोगिताको फाईनल हुने छ ।
भने विभिन्न कलाकारहरुको प्रस्तुती पनि रहने छ । आज साँझ गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।

शेरचनले विभिन्न प्रतियोगिताहरुमा बिजयी समुहलाई पुरस्कार वितरण गर्नुहुनेछ । आज सम्म महोत्सवमा साढे चार करोडको कारोबार भएको छ भने तीन लाख बढि दर्शकले अवलोकन गरेको आयोजकको दावी छ ।
महोत्सवको अन्तिम दिन आज कलाकारहरु चर्चित गायक बद्री पंगिनी, शोभा त्रिपाठी, सिता राना, कृष्ण अखेली लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ भने हास्य कलाकारमा रवि कार्किको प्रस्तुती रहने मुल संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो ।
आज हुने भलिवल खेलको फाईनल विहान १० बजेपछि हुनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’