मेलिनाले पर्वतबासीलाई चिसो रातमा छमछम नचाईन् , नमागी पाईन ताली


पर्वत/  सुगम संगीतमा पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईले पहिलो पटक पर्वतमा आफ्ना गीत गाएर दर्शक तथा श्रोतालाई छमछम नचाएकी छन ।

पर्वत महोत्सबमा सोमबार चिसो रातमा आफना हिट गीत गाएर स्टेजमा चढेकी गायिका ा मेलिना राईले आफुँ मात्रै नाचिनन पर्वतको कुस्माका हजारौ दर्शकलाई आफ्ना गीत संगीतबाट नचाएकी हुन ।

कुस्माबजारको बड्गाउँचौरमा भैरहेको महोत्सब स्थल सोमबार दिउँसो देखि नै भरिभराउ थियो । दिनभर भाइरल गायिका कमला घिमिरेको प्रस्तुतीमा नाँचेका दर्शकहरु साँझ परेपछि मेलिना राईको प्रतिक्षा गरिरहेका छन । रातको आठ बज्न आँटेको थियो उनी मञ्च चढेपछि महोत्सब स्थल झनै भरिभराउ भयो । के केटाकेटी , के बुढाबुढी, युवायुवती सबै गीतमा झुम्न र नाच्न थालेका थिए ।

‘रातो टिका निधारमा टलक्कै टल्कियो‘ होस वा ‘कुटुमा कुटु सुपारी दाना’ ‘कसरी कसरी ’ , ‘माछीले खाने खोलीको लेउ’ , ‘टिकटकमा देखेको’ ‘तिमिले बाटो फेर्यौ अरे’ ‘हावा चल्यो सिरीरी’ लगायतका दर्जन भन्दा बढी गीत गाईन । अन्त्यमा‘कस्ले कुरा लाई दियो’ गीतबाट आफ्नो एक घण्टा भन्दा लामो प्रस्तुती सकाउनुभएको थियो ।

सबै दर्शकले जाडोको प्रवाह नगरि रात कटेको प्रवाह नगरी उनलाई हुटिंग गर्दै स्वागत गरिरहेका थिए । अन्य कलाकारहरुले पटक पटक दर्शक संग ताली माग्छन तर पहिलो पटक पर्वत आउनुभएकी मेलिना पनि दर्शकको साथ पाएपछि दर्शकहरुसँर्ग कार्यक्रमलाई सफल पार्न हुटिङ र ताली माग्नै परेन ।

मेलिना राईले मात्रै होइन पर्वतको महोत्सबको छैठौ दिन सोमबार दिउँसो सामाजिक सञ्जालमा भाईरल भएकी बाल गायिका कमला घिमिरेले पनि महोत्सबको माहौललाई निक्कै तताउन सफल हुनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’