कुस्मामा अत्याधुनिक हेल्थ क्लव संचालनमा

पर्वत/मानवमा बढ्दै गएको दीर्घरोगको समस्या र युवाहरूमा बढेको कुलतलाई समाधान गर्ने अभिप्रायले कुश्माका युवाहरुले अत्याधुनिक व्यायाम हलसहितको कुश्मा हेल्थ क्लव संचालन गर्न लागेका छन् । झण्डै एक करोडको लागतमा निर्माण भएको उक्त क्लवमा ५० देखी ६० जना महिला पुरुषले एकैसाथ जिम गर्न मिल्ने क्लवका अध्यक्ष डा प्रमोदकुमार मण्डलले जानकारी दिनुभयो । क्लवले आइतवार कुश्मामा पत्रकार सम्मेलन गरेर मानव व्यायामका विविध बिषयमा जानकारी गराएको हो ।

क्लवबाट नियमित सेवा लिनका लागि तीन हजार रूपैयाँ भर्ना शुल्क र दुईहजार मासिक शुल्क तोकिएको भएपनि एक बर्षको प्याकेज लिँदा २१ हजारमा थप तीनमहिना सेवा लिन पाइने व्यवस्था गरिएको क्लवका संचालक सुरेश केसीले जानकारी दिनुभयो । ‘क्लवमा युगल जोडी, विद्यार्थी र नियमित आउनेलाई प्याकेजमा सहुलियत दिने व्यवस्था गरिएको छ ।’- संचालक केसीले भन्नुभयो ।

पछिल्लो समय सरूवा रोग भन्दा दीर्घ रोगीहरूको संख्या बढ्दै गएको अवस्थामा सुगर, प्रेसर, कोल्डस्टोर लगायतका रोगहरुको समाधानका लागि यो हेल्थ क्लव कोशेढुङ्गा सावित हुने कुश्मा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रकला शर्माले वताउनु भयो । क्लबमा सुरेश केसी, डा प्रमोदकुमार मण्डल र नारायण शर्माको संयुक्त लगानी रहेको वताइएको छ । उक्त जिम क्लवको यही माघ १६ गते ‘मिस्टर वल्ड’ महेश महर्जनको उपस्थितिमा उद्घाटन हुने कार्यक्रम रहेको क्लवले जनाएको छ । उक्त कार्यक्रमको संचालन स्थानीय युवा गोकुल चापागाईले गर्नुभएको थियो । 

सम्बन्धित समाचार

1 Comment for “कुस्मामा अत्याधुनिक हेल्थ क्लव संचालनमा”

  1. anil lamichhane

    i am interested i will join there and good wishes

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’