काठमाण्डौमा पानी पर्दैन, पूर्वका एक/दुई ठाउँमा पानी र उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ : मौसमविद्

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको मौसम अहिले आशिंक बदली भएको छ ।

मौसम बदली भए पनि काठमाण्डौसहित मध्य र पश्चिममा आइतबार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर पूर्वी पहाडी भेगको एक, दुई ठाउँमा हल्का पानी र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेकाे मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

आइतबार पहाडी भेगको मौसम दिनभरि नै खुल्दै–बादल लाग्ने उहाँले बताउनु भयो । यसैगरी बिहानभरि हुस्सु र कुहिरो लागेको तराईको मौसम बिस्तारै खुल्ने क्रममा छ ।

सबैतिरको कुहिरो बिस्तारै हटे पनि आइतबार राम्रोसँग घाम नलाग्दा चिसो भने यथावत् रहने मौसमविद् पौडेलले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’