पर्वत महोत्सवको दोस्रो दिन आज मुटु परिक्षण शिविर सहित यस्ता छन् आकर्षणहरु

पर्वत/ पर्वत महोत्सव हिजोदेखि शुरु भएको छ । हिजो पहिलो दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भव्य रुपमा उद्घाटन गर्नुभयो । त्यस अघि ऐतिहासिक विशाल ¥यालीले कुश्माबजार परिक्रमा गरेको थियो ।
उद्घाटनमा तिल्सिना सँगै सांसद, राजनीतिक दलका नेता, उद्योगी ब्यावसायीहरुले सम्वोधन गर्नुभयो । त्यस्तै आज दोस्रो दिन विभिन्न कार्यक्रमहरु हुँदैछन् । आज निशुल्क मुटुरोग शिविर संचालन हुने भएको छ ।
जिल्ला अस्पताल पर्वतमा विहान ८ बजेदेखि मुटु परिक्षण शिविर संचालन हुने छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले बिरामीहरुको परिक्षण गर्नुहुने भएको छ । त्यसैगरी आज भजन प्रतियोगित शुरु गर्ने आयोजकको योजना रहेको छ भने गण्डकी प्रदेश स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिताको पनि आज समुह फाईनल गरिने भएको छ ।
त्यस्तै आज महोत्सवमा कलाकारहरु याम क्षेत्री, कृष्ण अखेलि, कृष्ण सुवेदी, सरस्वती लामिछाने, दिपक गदाल, सुनिता अधिकारि, सन्तोष सुवेदिको प्रस्तुती रहने भएको छ । भने हास्यकलाकार
पोख्रेली माग्ने र धुर्मुस युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुती रहने छ । आज साँझ स्थानीय रिदम व्याण्डको कन्सर्ट साथै विद्यालय स्तरिय नृत्य प्रतियोगिता हुने छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’