पर्वत महोत्सब शुरु- लगानी बढाउन व्यवसायीलाई राष्ट्रियसभा अध्यक्षको आग्रह


सुवास लामिछाने,पर्वत/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्योगधन्दा मार्फत मुलुकमा सम्मृद्धि ल्याउनुपर्ने बताउनुभएको छ । आजदेखि सुरु भएको समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौँ पर्वत महोत्सवमा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।

उहाँले उद्योग धन्दा विना मुलुकमा समृद्धि नआउने भन्दै उद्योग स्थापनाका लागि पहल गर्न उद्योग बाणिज्य संघलाई आग्रह समेत गर्नुभयो । उहाँले जिल्लामा एक गाउँपालिका एक उद्योग स्थापना गर्ने उद्देश्यकासाथ प्रदेश सरकारले त्यस्ता क्षेत्रको पहिचान गर्ने र उद्योग स्थापना गराउने वातावरण बनाउने बताउनुभयो ।

तिमिल्सिनाले जिल्लाको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाले विकास निमार्णमा फड्को मार्दै गएको भन्दै पर्यटनको हिसाबमा अगाडि रहेको पर्वतलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउनको लागि सबैको पहल कदमी आवश्यक रहेको उल्लेख गर्नुभयो । तिमिल्सिनाले पर्वतमा रहेका विभिन्न पकेट क्षेत्रहरुलाई जोनको रुपमा अगाडि बढाउँदै उत्पादनमा सुधार ल्याउने गरी योजना अगाडि बढाउन आग्रह गर्नुभयो ।

तिमिल्सिनाले जिल्लाको पिकासको लागि तीनै तह संघ, प्रदेश र स्थानीय तहको सहकार्यले जिल्लाको विकासमा फड्को मार्ने बताउँदै विकासका लागि सक्दो पहल गर्न आग्रह समेत गर्नुभयो । उहाँले अवको तीन वर्षभित्र जिल्लाका सबै पालिकाका वडाहरुभित्र कालोपत्रे सडक पुग्ने विश्वास दिलाउँदै सबैलाई ढुक्क भएर कृषि क्षेत्रमा लगानि बढाउन आग्रह गर्नुभयो ।

कृषि क्षेत्रको विकासको लागि कृषकहरुलाई सरकारले दिने अनुदान अझै बढाउन आग्रह गर्न भन्दै यस्तो महोत्सवले यस क्षेत्रको प्रबर्धनमा सहयोग पुग्ने धारण राख्नु भएको थियो । उहाँले तीनै तहले एउटै व्यवसायलाई कर लगाउने प्रवृतिको अन्त्य गर्नु पर्नेमा जोड समेत दिनुभएको थियो । व्यवसाय गर्न सरकारले निरुत्साहन हैन प्रोत्साहन गर्ने योजनामा रहेको उहाँको भनाइ थियो ।

पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य पदम गिरीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्ने बताउदै पर्वत सहमतिको जिल्ला भएको बताउनुभयो ।

आर्थिक विकासको लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले सरकारको समिक्षा गर्ने बेला नआएको भन्दै यो सरकारले क्षणिक विकास नभई जग बसाउने गरी विकास गर्ने योजनामा रहेको बताउनुभयो । नेपालमा पानी जहान र रेलको कुरा सपना नभई वर्तमान सरकारले ५ वर्ष भित्रमा पूरा गर्ने उहाँको दाबि थियो ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा सरोकारवाला निकायहरुले कार्यक्रम सफलताको शुभकामना दिदै महोत्सवले जिल्लाको विकासका लागि सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए । महोत्सवको मुल समारोह सुरु हुनु अघि विभिन्न झाकीसहितको र्यालीले बजार परिक्रमा गरेको थियो ।

कार्यक्रम उद्योग बाणिज्य सघं पर्वतका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माको अध्यक्षता तथा उद्योग बाणिज्य सघं पर्वतका महासचिव गणेश लामिछानको सञ्चालनमा सम्पन्न भएको थियो ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माका अनुसार पर्वतमा उद्योग वाणिज्य संघको आयोजनामा हरेक ३/३ वर्षमा महोत्सवको आयोजना गर्ने गरिएको छ भने यस अहिलेको महोत्सवबाट करिब डेढ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। झन्डै २ सय स्टलहरू निर्माण गरिएको महोत्सवमा कृषि तथा उद्यमीको काम प्रदर्शन गरिएका ३० ओटा स्टलहरू निःशुल्क दिइएको छ। त्यस्तै, शैक्षिक तथा रचनात्मक काम प्रदर्शन गरिएका स्टलहरूको मूल्य अन्य स्टलको भन्दा कम तोकिएको छ। महोत्सवको समापन माघ १९ गते हुने छ।
R

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’