आजदेखि छैटौ पर्वत महोत्सव, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाद्धारा उद्घाटन हुँदै, यस्तो छ आजको कार्यक्रम तालिका

पर्वत/ पर्वत जिल्लाको समग्र पर्यटन र आर्थिक विकासका लागि आयोजना गरिएको छैटौं पर्वत महोत्सव २०७६ आजदेखि शुरु हुँदै छ । आजदेखि माघ १९ गतेसम्म संचालन हुने महोत्सवको आज भव्य उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आज दिउँसो १ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कुश्माबजारको वडागाउँ चौरमा महोत्सवको भव्य उद्घाटन गर्नुहुने छ । त्यस अघि विहान ११ बजेदेखि कुश्माको लोकतान्त्रिक चोकबाट प्रभातफेरी कार्यक्रम शुरु हुनेछ । प्रभातफेरी लोकतान्त्रिक चोकदेखि शुरु भएर दुर्लुङ्गचोक, शिवालयचोक, प्रगतिचोक, मिलनचोक हुँदै वडागाउँ मैदान पुग्ने छ । प्रभातफेरीमा एक सय भन्दा बढि संघ संस्थाहरु विभिन्न बाजागाजा, झाकी र व्यानर सहित सहभागि हुने भएका छन् ।
त्यस अघि उद्योग बाणिज्य संघले सम्पूर्ण मूलसमिति, उपसमितिका पदाधिकारीहरु विहान ७ बजे वडागाउँमा रहेको महोत्सवको सचिवालयमा सम्पर्कमा आउन आग्रह गरेको छ । उद्घाटन कार्यक्रमहरुमा औपचारिक पोशाकमा उपस्थितिका लागि पनि मुल आयोजकले आग्रह गरेको छ ।
महोत्सवका अन्य सवै तयारी पुरा भएका छन् । सकेसम्म उद्घाटन कार्यक्रमलाई छोटो बनाउने तयारीमा आयोजक लागेको छ । उद्घाटनमा राष्ट्रिय सभाका अध्यक्षसँगै संघीय सांसद, प्रदेश मन्त्र ितथा सांसदहरु, उद्योग बाणिज्य महासंघका पदाधिकारी, जनप्रतिनिधिहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि आजपनि विभिन्न कलाकारहरुको प्रस्तुती रहने छ । भलिबल लगायतका खेलहरु भोलीदेखि शुरु हुने बताईएको छ । गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा अहिलेसम्म १३ समुहले भाग लिएका छन् त्यस बाहेक रत्यौली र भजन प्रतियोगिता र अन्य कलाकारहरुको प्रस्तुती भोलीदेखि शुरु हुने छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’