पर्वत महोत्सबका ९० प्रतिशत स्टल बुकिङ्ग

पर्वत/पर्वतको कुस्माबजारमा सञ्चालनह हुने छैठौं पर्वत महोत्सबका ९० प्रतिशत स्टल बुकिङ्ग भएका छन ।
पर्वत उद्योग बाणिज्य संघले माघ ९ देखि १९ गते सम्म आयोजना गर्ने छैठौ पर्वत महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औधोगिक ब्यापार मेला आउन तीन दिन बाँकी रहँदा ९० प्रतिशत पुरा भएको हो ।
महोत्सबका आर्थिक संयोजक तथा बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले ९० प्रतिशत स्टल बुकिङ्ग सकिएको जानकारी दिनुभयो । महोत्सबमा स्टल निर्माणको काम भैरहेको छ । महोत्सबमा २ सय स्टल रहनेछन ।
महोत्सबमा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निशुल्क उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश भित्रका महिला उद्यमी र कृषकहरुको उत्पादनलाई प्रर्बद्धन गर्नका लागि निशुल्क स्टल उपलब्ध गराइएको महोत्सब मुल आयोजक समितिका संयोजक तथा अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । महिला उद्यमी र कृषकलाई १५, १५ वटाका दरमा स्टल उपलब्ध छन । यसपटक पर्वत उद्योग बाणिज्य संघका सदस्यहरुले स्टल राख्दा समेत २५ प्रतिशत छुट दिइएको छ । महोत्सबमा रहने होटल बाहेकका ब्यबसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सबका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो ।
महोत्सबमा रमाईलो मेला जडान गर्ने काम पनि भैरहेको छ । दुई दिनको झरीले तयारीलाई केही प्रभाब भने पारेको छ । महोत्सबको माघ ९ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम छ ।न्यु कालीगण्डकी दैनिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’