पर्वत महोत्सवमा रामकृष्ण ढकालको एकल साँझ


पर्वत । सुगम संगीतमा ख्याती कमाएका गायक रामकृष्ण ढकाल पहिलो पल्ट पर्वत आउँदैछन । आधुनिक संगीतको क्षेत्रमा चर्चित गायक ढकाल पहिलो पल्ट पर्वत आउन लागेका हुन ।

पर्वतको कुश्माबजारमा आयोजना गरिएको छैटौ पर्वत महोत्सवको अवसरमा गायक ढकाल पहिलो पल्ट पर्वत जिल्लामा आफ्नो प्रस्तुतीका लागि आउन लागेको महोत्सवका मुल संयोजक केदार शर्माले जानकारी दिए । पचासको दशममा सुगम संगीतको क्षेत्रमा नारायण गोपाल पछिको भूमिका सम्हालेका गायक ढकालले झण्डै ३ सय भन्दा बढि संगीतमा आफ्नो आवाज दिएका छन ।

\गायक ढकाल छैटो पर्वत महोत्सवकै अवसरमा माघ ११ गते एकल सांगेतिक साँझ लिएर कुश्मा आउँदैछ । महोत्सव प्रचार प्रसार समितिका संयोजक ठाकुर वि. पौडेलका अनुसार गायक ढकालको उक्त गीत एकल सांगेतिक प्रस्तुती रहनेछ ।

यस अघिका महोत्सव भन्दा पृथक र दर्शकको रोजाईको महोत्सव बनाउने उद्देश्यले गायक ढकाललाई पहिलो पल्ट पर्वत ल्याउन लागिएको महोत्सवका आर्थिक संयोजक गोपी अधिकारीले जानकारी दिए । गायक ढकालका झण्डै एक दर्जन भन्दा बढि एकल एल्बम सार्वजनिक भईसकेका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’