अष्ट्रेलियामा ५ हजार बढी उँट हेलिक्प्टरबाट गोली हानी मारियो

काठमाडौँ ।अष्ट्रेलियामा पाँच दिनमा पाँच हजार भन्दा बढी उँटलाई गोली हानी मारिएको छ । खडेरीको कारण देखाउँदै अस्ट्रेलियाका अधिकारीहरूले “खतराको लागि तत्काल जवाफ” भन्दै पाँच हजार बढि ऊँटहरू गोली हानी मारेका छन् ।

आदिवासी अष्ट्रेलियालीहरूको एक स्थानीय सरकारी क्षेत्र पिट्जन्तजतारा यानकुनित्जतजारा (एपीवाई) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै हेलिकप्टरबाट पाँच हजार बढि उँटहरुलाई गोली हानि मारिएको जनाएको छ । उक्त क्षेत्रमा करिब २३ सय आदिवासी बसोबास गर्ने गर्दछन्।

खडेरीका कारण पानी खोज्दै ठूलो संख्यामा आएका उँटहरुले स्थानीयको घरमा नोक्सानी पुर्‍याउन थालेपछि आदिवासी समुदायले सरकारसँग उँट मार्न माग गरेका थिए।

उनीहरूको मागबमोजिम मंगलबारसम्म हेलिकप्टरबाट निशानेबाजले गोली हानेर पाँच हजार बढी उँट मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उँटका कारण भौतिक संरचना भत्किएको र सवारी दुर्घटना समेत बढ्न सक्ने जनाउँदै सरकारले उँट मारेको हो । उँटसँगै केही जङ्गली घोडाहरु समेत मारिने बताइएको थियो ।

पछिल्लो समय अष्ट्रेलियामा लागेको डढेलोका कारण बढेको खडेरीले गर्दा उँटहरु पानी खोज्दै शहर आएको बताइएको छ । उक्त डढेलोमा परी ५० करोड पशुपंक्षी समेत मरिसकेका छन् । अष्ट्रेलियामा सन् १८४०मा २० हजार उँट भारत, मध्यपूर्व, अफगानिस्तानलगायतका ठाउँबाट ल्याइएको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’