पर्वत अस्पतालमा कार्यरत कर्मचारीका सेवा सुबिधा बढ्यो, यस्तो छ बढेको सुबिधा

पर्वत / पर्वत जिल्ला अस्पतालमा न्युन पारिश्रमीक र सेवा सुबिधामा कार्यरत कर्मचारीहरुको तलब तथा सेवा सुबिधा बढाइएको छ ।
अस्पताल ब्यबस्थापन समितिले न्युन तलब सुबिधामा काम गरेका कर्मचारीलाई नेपाल सरकारले तोकेको न्युनतम मासिक तलब स्केल सरह सेवा सुबिधा उपलब्ध गराउने निर्णय गरेको हो ।
अस्पतालमा नेपाल सरकारले तोकेको न्यूनतम मासिक तलव १३ हजार ४ सय ५० भन्दा कम पारिश्रमिक भएका सवै कर्मचारीहरुको तलव २०७६ साउन देखि लागु हुने गरि . १३ हजार ४ सय ५० कायम गर्ने निर्णय गरेको छ । अस्पतालमा ८ हजार, १० हजार मासिक तलबमा समेत कर्मचारीलाई काम लगाइँदै आएको अबस्थामा सरकारले तोकेको न्युनतम पारिश्रमीक उपलब्ध गराउने निर्णय भएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । न्यून तलव हुनेहरुको सवालमा यो निर्णय पर्वत अस्पतालको ईतिहासमा ऐतिहासिक निर्णय हो ।‘लामो समय देखि न्युन बेतनमा काम गर्ने कर्मचारीलाई प्रोत्साहित गर्न सरकारले तोकेको न्युनतम मापदण्ड अनुसारको तलब सुबिधा दिने निर्णय भएको छ’ उहाँले भन्नुभयो ‘न्युन तलबका कारण कर्मचारीको खस्केको मनोबल उकास्न र सेवालाई अझै प्रभाबकारी बनाउन यसले सहयोग पुग्ने बिश्वास लिएका छौ।’
यसैगरी अस्पताल ब्यबस्थापन समितिले अतिरिक्त समय र रात्रीमा ड्युटी गर्दा विगतमा प्रदान गरिंदै आएको १ सय ५० लाई वृद्धि गरि ७ सय ५० कायम गर्ने निर्णय पनि गरेको छ । अतिरिक्त समय र रात्रीमा ड्युटी बस्ने अन्य स्वास्थ्यकर्मीहरुलाई विगतमा प्रदान गरिंदै आएको एक १०० लाई वृद्धि गरि २ सय ५० कायम गरिएको छ । रातको समयमा काम गर्दा न्युनतम भत्ता भएकाले रात्रीकालिन सेवा प्रभाबकारी नभएको गुनासो आएको थियो । विभिन्न कार्यक्रम अन्तरगत समितिको नियुक्तीमा करारमा रहेका सवै कर्मचारीहरुको मासिक तलव वृद्धि गरि नेपाल सरकारका स्थायी कर्मचारी सरह बनाउने निर्णय पनि भएको अध्यक्ष पहाडीले बताउनुभयो ।
लामो समयदेखि पर्वत अस्पताल आम्दानी भन्दा खर्च बढि हुने अवस्थाबाट गुज्रिरहेको थियो । यस्तो अवस्थामा यी निर्णयहरु सम्भव बनाउनका लागि समितिले गत वर्षदेखि अस्पतालका सवै आम्दानी र खर्चलाई पारदर्शी र व्यवस्थित बनाएको छ । लेखाको सफटवयर जडान गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’