नेपाल बायुसेवा निगम व्यवस्थापनसँग मन्त्री भट्टराई असन्तुष्ट, अध्यक्ष खरेललाई हटाउने तयारी

काठमाडौं / संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउने तयारी गरेका छन्।

मन्त्रालय सम्हालेसँगै सबैभन्दा बढी चासो नेपाल वायु सेवा निगमलाई दिए पनि परिणाम देखाउन नसकेको भन्दै खरेललाई हटाउने तयारीमा मन्त्री पुगेको स्रोतले जानएको छ।

खरेललाई नै केन्द्रित गरेर भट्टराईले पटक-पटक जिम्मेवारी सम्हालेर पनि काम गर्न नसक्नेले राजीनामा दिएर गए हुन्छ भन्दै आएका थिए। कार्यकारी अध्यक्ष खरेलले केही दिनअघि मात्रै निगमको खर्च घटाएर वार्षिक दुई अर्ब बचतको योजना अघि सारेका थिए। उनले केही वर्षमा नै निगमलाई नाफामा पुर्‍याउने योजना रहेको सुनाएका थिए। जहाज बढाउन सरकारसँग छलफलसमेत गरेको दाबी उनको थियो। खरेलको दाबी थियो, ‘जसले जे भनोस् हामीले एकदमै इमान्दारीपूर्वक काम गरेका छौँ। निगमलाई थप बिग्रिनबाट जोगाएर सुधारमा लागेका छौँ।’ तर बिहीबार भएको संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालय अन्तर्गतको आन्तरिक बैठकमा मन्त्रीले निगमका काम तीव्र असन्तुष्टि जनाएका थिए। त्यही बैठकमा भट्टराईले भनेका थिए’, विभिन्‍न पदमा राजनीतिक नियुक्ति लिएर सन्तोषजनक काम नगरेकाहरुले तत्काल बाटो खाली गरिदिनु होला। खाली नगरे कामका आधारमा आफैं हटाउन बाध्य हुनेछु। हटाएको खण्डमा अदालत पुगेर नरुनु होला।’

दोस्रो एक्सन

यसअघि त्रिभुवन विमानस्थल कार्यालयका प्रमुखमाथि ‘एक्सन’ लिएका मन्त्रीले खरेलमाथि दोस्रो ‘एक्सन’ चाल्ने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ। जहाज बढी होल्ड भएको भन्दै विमानस्थलका तत्कालीन प्रमुख राजकुमार क्षेत्रीलाई मन्त्रीले स्पष्टीकरण मागेका थिए। क्षेत्रीले स्पष्टीकरण पनि बुझाए। तर, चित्त नबुझाएका मन्त्रीले सूचना चुहाएको आरोपसमेत लगाएर त्यो जिम्मेवारी हटाएका थिए। अहिले क्षेत्री नागरिक उड्‍ययन प्राधिकरणमा छन्। विमानस्थलबाट हटाइएका उनले अझै जिम्मेवारी पारएका छैनन्। क्षेत्री कर्मचारी भएका कारण यस्तो प्रकिया अवलम्मवन गरिएको थियो। तर खरेललाई नेवानिमा राजनीतिक नियुक्ति दिइएको हो। उनलाई वर्तमान सरकारले निगमको सदस्यबाट सीधै कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो। खरेललाई पहिले स्पष्टीकरण सोधेर हटाउने तयारीमा रहेको मन्त्रालय स्रोतले जनाएको छ।

प्रधानमन्त्रीसँग पनि परामर्श

पर्यटन मन्त्रालयका अधिकारीका अनुसार भट्टराईले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि परामर्श गरेका छन्। मन्त्री भएदेखि नै खरलेको काममा चित्त बुझाउन नसकेका भट्टराईले सीधै हटाउँदा समस्या पर्ने भएपछि प्रधानमन्त्रीसँग परामर्श गरेका हुन्। ‘उहाँकै प्रस्तावमा नियुक्ति पाएको व्यक्ति भए अलि पहिले नै हटाउनु हुन्थ्यो होला, तर आफू आउनु भन्दा पहिले नै नियुक्ति भएकाले केही प्रतीक्षा गरिएको हो,’ भट्टराईनिकट मन्त्रालयकै एक अधिकारीले भने, ‘उहाँलाई स्पष्टीकरण सोध्ने र चित्त नबुझे थप प्रकिया चाल्ने तयारी भइरहेको छ।’ खरेलको कार्यसम्पादन कमजोर रहेको, व्यवस्थित रुपमा निगम चलाउन नसकेको, निगमको वर्तमान घाटा घटाउने स्पष्ट चित्र बनाउन नसकेको, निगमको उड्ययन अडिट समयमै गराउन नसकेको लगायतका आरोप उनीमाथि लागेका छन्। यसै विषयमा स्पष्टीकरण सोधेर हटाउने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ।थाहाखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’