कालीगण्डकी कोरिडोरको बागलुङ्ग खण्डको स्तरोन्नति तीव्र

बाग्लुङ / बाग्लुङको सदरमुकामसँग जोडिएको मालढुंगादेखि बलेवा विमानस्थलसम्म कालीगण्डकी कोरिडोरको स्तरोन्नतिको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तीव्रता दिएको छ।

कोरिडोरको ठाउँ–ठाउँमा खसेका पहिरोको सफाइ र १० मिटर चौडाइ नपुगेको क्षेत्रमा बम विष्फोट गरी चौडा गर्ने काम पनि तीव्र बनाइएको हो।

गत जेठ मसान्तसम्म सडक विभागलाई हस्तान्तरण गर्ने गरी जिम्मेबारी पाएको सेनाले विविध अवरोधका कारण हालसम्म पनि हस्तान्तरण गर्न सकेको छैन। करिब १० किलोमिटर दूरीमा रहेको बलेवा विमानस्थलसम्मको सडक समयमा हस्तान्तरण गर्न नसकेको सेनाले थप १५ किलोमिटर सडकको स्तरोन्नतिको जिम्मेबारी पाएको छ। मालढुंगादेखि बलेवा विमानस्थलसम्मको सडक स्तरोन्नतिको क्रममा मानवअधिकार र वर्षात्को समय लगायतका समस्या झेलेको सेनाले थप सडक स्तरोन्नतिको जिम्मेबारी पाएको हो।

बलेवा विमानस्थलसम्मको दश किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ। ‘हामीले १० किलोमिटर सडक बनाउने गरी जिम्मेबारी लिएका हौं,’ निर्माण कार्यदलका प्रमुख प्रमुख सेनानी रेश्मीराज भट्टराईले भने, ‘उक्त खण्डको अधिकांश काम सकिएको छ।’ केही ठाउँमा पहिरो पन्छाउने र केही ठाउँमा पानी तर्काउनेबाहेक सबै काम सकिएको भट्टराइले बताए। बाग्लुङ बलेवा १० किलोमिटर सडक निर्माणकै चरणमा रहेको सेनाले थप १५ किलोमिटर सडक स्तोन्नतिको जिम्मा पाएको थियो। निर्माण कार्यदलमा खटिएका सेनाका अधिकृतहरुका अनुसार सेनाले पछिल्लो पटक पाएको जिम्मेबारी अनुसार आठ किलोमिटर सडकको स्तरोन्नतिको काम सकिएको छ भने बाँकी सात किलोमिटर सडकमा बम विष्फोट गरी काम गर्नुपर्ने भएको छ।

कोरिडोरको बाग्लुङ खण्डका बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले अनुगमन गरे । मालढुंगादेखि अर्जेवाको सुम्समासम्मको अनुगमन गरेका पाठकले नेपाली सेनाले गरीरहेको स्तरोन्नतिको कामको प्रसंसा गरे। ‘यही रफ्तारमा चल्ने हो भने आगामी आर्थिक वर्षसम्म स्तरोन्नतिको काम सकिन्छ,’ पाठकले भने, ‘बजेटको कमी हुँदैन तर काम कति हुन्छ भनेर अनुगमन भैरहेको छ।’ पहिलेको १० किलोमिटर र पछिल्लो १५ किलोमिटर गरी जम्मा २५ किलोमिटर सडक आगामी असार मसान्तसम्म सडक बिभागलाई हस्तान्तरण गर्ने गरी काम चलिरहेको प्रमुख सेनानी भट्टराई बताउँछन्।थाहाखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’