भातृ संस्था कि साझा संस्था ? जे देखियो, त्यहि लेखियो

-फर्शुराम भुर्तेल
दशैपछिको दोश्रो दिन अर्थात द्धाद्धशीको दिन थियो । विदेश बस्ने पर्वतेलीहरुको संस्था ‘अन्तराष्ट्रिय पर्वत समाज’ को दोश्रो महाधिबेशन भनेर पर्वतको कुनाकाप्चाबाट मानिसहरु हातेमालो चोकमा आउँदै थिए । यो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न पैञ्यु गाउँपालिकाको तयारीमा कुनै कसर बाँकी थिएन । गाँउपालिकाका अध्यक्ष खगेन्द्र तिवारी आफैं कुर्सी र बेन्च बोक्दै तयारीको खटनपटनमा पसिना चुहाइरहेका थिए । पैंञ्यु क्षेत्रमा क्रियाशील मुख्यतया नेकपा र नेपाली ंकांग्रेस लगायतका विभिन्न राजनैतिक दलका कार्यकर्ताहरु पैञ्युमा भैरहैको यो कार्यक्रम थप भव्य बनाउन लालायित र उत्साहित देखिन्थे ।
प्राय मुख्य कार्यक्रमहरु कुश्मा र फलेवासमा गराइने पुरानो परंपरालाइ थोरै ब्रेक गर्दै यो दोश्रो महाधिबशेन पर्वतको पैञ्यू हातेमालो चोकमा गरिदै थियो । एकादशीको साँझ देखि नै थोरै चहल पहल बढेपनि द्धादशीको दिन ११ बजेतिर रौनक थपिएको थियो । पर्वतको पैञ्यू हातेमालो चोकमै महाधिबेशन राख्न प्रस्ताव गर्ने अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार कृष्ण तिवारी लगायत विदेशमा रहेका पर्वतेलीहरुले विदेशबाट पनि सफलताको शुभकामना दिदैं कार्यक्रमको व्यग्र प्रतिक्षामा रहेको जनाइरहेका थिए ।
कार्यक्रमको सेड्युल मिलाउन आयोजकहरु धौ–धौमा देखिन्थे । आयोजकहरुको एक सुत्रका अनुसार को–को लाइ बोलाउने, को–कोलाइ अगाडि देखाउने र को–को लाई निषेध गर्ने विषयमा मतहरु बाझिएका थिए । एकादशीको दिन साँझ पनि कार्यक्रम तालिका २ पटक केरमेट भएको र कार्यक्रम हुँदाका दिन बिहान देखि शुरु हुँदा सम्म फेरबदल भैरहेको र कार्यक्रम शुरु भएप्छि समापन हुँदा सम्म मनलाग्दी देखिइरहेको विश्लेषण गरिएको थियो ।
त्यसका बाबजुद पनि कार्यक्रम भव्य बनाउन अध्यक्ष पुरन गिरी, महासचिव गुराँस पौडेल, कार्यक्रम संयोजक मुना भुसाल मणि भुर्तेल र राजु भुर्तेल लगायतको टिम आ–आफ्नै ढंगबाट चिन्तित देखिन्थे । नेपाली कांग्रेसभित्रकै एक समुहलाई माइनस गर्ने नाउँमा गाउँपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीलाई गरिएको अपमान (पहिलो रो मा नराखिएको)ं आयोजक र कांग्रेसीजन विचमै टिप्पणीको विषय बनेको थियो ।
कार्यक्रमलाई सुक्ष्म ढंगले हेरेका एक पर्यवेक्षकले भने, ‘ आयोजकहरु कांग्रेसभित्र मात्रै खेलेनन, नेकपाभित्र पनि खेले । जसका कारण राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रदेशमन्त्री विकास लम्सालको फोटो राखिएको व्यानर गेटहरुमा सजाइयो । जव कि पदम गिरी राज्यको मर्यादाक्रममा प्रदेश मन्त्री भन्दा अगाडि पर्दछन् । तर अस्थिर र कच्ची खेलका कारण मन्त्री विकास त्यहाँ नआउने परिस्थिति सिर्जना समेत गराइयो ।
आयोजकहरुले साझा संस्था र त्यसको मर्यादामा विचार पुर्याउन नसकेको टिप्पणी छताछुल्ल मात्र भएको छैन प्रमुख अतिथि सम्माननीय गणेश तिमिल्सिनाको हेलिकप्टर देखि अन्य खर्च र श्रोतका विषयमा पारदर्शी ढंगले जवाफ नदिइएको विषयमा समेत टिप्पणी गरिएका छन् । हातैमालौचौकमा आकाशबाट हेलिकप्टरहरु जुन ढंगले ल्याण्ड गर्दै थिए, अब पैञ्युमा केही होला भन्ने आशा बढ्दै थियो । मंचमा प्रमुख अतिथि, विशिष्ठ अतिथिहरु बोलाइदै थियो । पर्वतसँग सम्बन्धै नभएका एनआरएनहरु पनि ‘चुनावी माहोल’ को उपयोग गर्न भन्दै महँगो हेलिकप्टर भाडामा लिएर त्यहाँ पुगिसकेका थिए । उनीहरुको आगमन एकदिनका लागि रमाइलो त भयो नै तर ‘खर्च र चुनाव प्रचारका हिसाबले’ उत्पादनमुखी भएन भन्दै काठमाण्डौंमा पुगेर थकथकिएको टिप्पणी पनि सुनिन्थ्यो । तथापी जनसेवाको आँगनीमा सयौं मानिसहरुलाई खादा र मालाको सौगात र स्वागतले भने पैञ्युवासीहरुको त्यो दिन निकै रमाइलो नै भएको थियो ।
प्रमुख अतिथि सम्माननीय गणेश तिमिल्सिनाले पैञ्युको विकासमा कुनै कसर बाँकी नराख्ने कुरो राखेर जनतालाई आश्वस्त पारैको एउटा पाटो थियो भने विशिष्ठ अतिथि रहेका कांग्रेस नेता अर्जुन जोशीले अन्तराष्ट्रिय पर्वत समाज आफैले खोलिदिएको भन्दै निकटताको संप्रेषण गराइदिएका थिए । मंचमा अतिथिको आसन ग्रहण गराइरहँदा पालिकाहरुमा उपाध्यक्षमा पराजीत देखी वडा तथा टोलका कांग्रैस समर्थकलाइ नेपाली कांग्रेसको नेता नै भनेर मंचमा बोलाइएको थियो भने नेकपाका मित्रलाल बसेल र उमाकान्त भुर्तेल लगायतलाई सामाजिक अभियन्ता भनेर नाउँ सम्बोधन गरेजस्तो गरिएको थियो । साझा संस्थाको छवि र मर्यादा आंकलन गर्न छाडेर नेपाली कांग्रेसको एउटा गुटको उरन्ठेउलो प्रस्तुति त्यहाँ देखाइएको थियो । नेकपा युरोपका नेता सुरेन्द्र भुसाल, जो समाजकै सल्लाहकार थिए, उनले खुलेरै प्रत्यक्ष विरोध जनाएका थिए भने राजनैतिक विश्लेषक भनेर वक्ताको रुपमा बोलाइएका सामाजिक अभियन्ता निलकण्ठ तिवारीले ‘डाडु पन्यु छ भन्दैमा नुन चर्को हालेको तरकारीले व्लडप्रेसर बढाउनेमा ख्याल गर्नुपर्ने’ सुझाव दिएका थिए । नेकपाका नेता तथा महाशिला गाउापलिकाका अध्यक्ष राजु पौडेलले चिल्ला गफ र चर्को राजनीति गर्न भन्दा ठोस योजना ल्याएमा सहकार्य परिणाममुखी हुने कुरो राखेका थिए । कार्यक्रममा धैरै एनआएनहरुलाइ बौल्न दिइएकौ थियौ भनै कांग्रेसको बाक्लो र कम्युनिष्टको पातलो संख्यामा वक्ताहरुले आफनो धारणा राखेका थिए ।
समाजको महाधिबेशनमा उद्घाटन सत्रदेखि अतिथि व्यवस्थापन, बन्दशत्रको समय र नेतृत्व चयन सम्मका स्वरुपहरु हेर्दा अन्तराष्ट्रिय पर्वत समाजले साझा संस्थाको निष्ठा र स्वत्वमा प्रश्न बढाउन थालेको प्रतित हुन्छ । यसैगरी अघि बढ्ने हो भने यो खोलेर अघि बढ्न हौसला दिने नेता अर्जुन जोशीलाई पनि खासै रमाइलो हुने छैन । अर्जुन जोशी स्वयम कांग्रेसको भातृसंस्था जनसम्पर्क समिति चलाइसकेका व्यक्तित्व भएकाले यस्ता साझा संस्थामा कलात्मक कौशलता बढाउन निर्देशन दिए राम्रै हुन्छ भन्ने लागेको छ ।
संसारभरी छरिएका पर्वतेलीहरुका भावनात्मक एकता र जिल्लाप्रतिको सद्भावी प्रयासलाई बचाउने हो भने यस्ता सार्वजनिक कार्यक्रममा पुर्याउनु पर्ने ख्याल, समितिहरुमा सर्वपक्षियता र समावेशी सहभागीता हुनैपर्दछ । मनन गरेर अघि नबढ्ने हो भने कांग्रेस बाहेकका अरुले अर्को पसल खोल्दैनन् भन्न सकिन्न । यो पवित्र संस्थालाई भातृ संस्था नबनाउँ, कमजोरी सच्याउँ र पारदर्शी बनौं । हाम्रो त सुझाव मात्रै न हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’