तपाई इलम गर्नुोस, पुर्वाधार हामी बनाइदिन्छौ ‐ मुख्यमन्त्री गुरुङ


पर्वत / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँघरमै स्वरोजगारमुलक ब्यबसाय गर्ने प्रशस्त वातावरण तयार भएकाले जा“गर चलाएर इलम गर्न युवाहरुलाई आब्हान गर्नुभएको छ ।
पर्वतको फलेबास नगरपालिकाले आयोजना गरेको चियापान तथा दोबिल्ला फलेबास सडकको बाँकी खण्ड कालोपत्रे कामको शिलन्यास समारोहमा बोल्दै बिदेश नगई स्वदेशमै उद्यम गर्न सरकारले प्रोत्साहनको निति लिएकोले स्वरोजगारमुलुक ब्यबसाय गर्न आब्हान गर्नुभएको हो ।
मुख्यमन्त्री गुरुङ्गले जनताकै सुविधाका लागि संघीयता मार्फत प्रदेश सरकार बनेको भन्दै मुख्यमन्त्री गुरुङले कृषि, उद्योग, व्यापार आदि क्षेत्रमा काम गर्न चाहाने जनताको लागि सवै प्रकारको पुर्वाधारको ग्यारेण्टी गरिने दावी गर्नुभयो । ‘तपाईहरु बिदेशमा गएर होइन स्वदेशमै ब्यबसायिक रुपमा लाग्ने योजना बनाउनुस’ उहाँले भन्नुभयो ‘तपाईका लागि आवश्यक पर्ने पुर्वाधार, बजार र आर्थिक स्रोत जुटाईदिने काम सरकारले गर्छ’


प्रदेश सरकारले गरिबीमुक्त गण्डकी प्रदेश बनाउने अभियान अन्र्तगत स्वरोजागरमुलक ब्यबसाय गर्नेका लागि आवश्यक सबै पुर्वाधार तयार गरिदिने बताउनुभयो । ‘तपाईलाई मोटरबाटो चाहिएला हामी बनाइदिन्छौ, वीउहरु हामी उपलब्ध गराउछौ, उत्पादन भएका समानका लागि कोल्डस्टोर बनाइदिन्छौ’ उहाँले भन्नुभयो ‘तपाई इलम गर्नोस आवश्यक पुर्वाधार हामी बनाइदिन तयार छौ’ । यसबाहेका उद्योग तथा व्यापार व्यावसायका लागि आवश्यक बाताबरण बनाइदिन आफुहरु तयार रहेको प्रष्ट्याउनुभयो । ‘उद्योगका लागि विद्युत चाहिएला, कच्चा पदार्थ उहाँले भन्नुभयो समान बोक्न बाटो चाहिएला, बजार चाहिएला त्यो सवै बनाउन हामी लागिपरेका छौ’
पाँच बर्ष भित्र प्रदेशलाई खाद्यन्न आत्मनिर्भर गर्ने उदेश्यका साथ अगाडि बढेको जानकारी गराउदै गाउका बा“झो रहेका बारीहरु हरियाली नभए सम्म उदेश्य पुरा हुन संभव नभएको बताउनुभयो । यसका लागि प्रदेश सरकारले जमिन करारमा लिएर खेती गर्न सकिने गरि करार खेती ऐन ल्याउने जानकारी पनि मुख्यमन्त्री गुरुङ्गले दिनुभयो । प्रदेशको राजधानी पोखराबाट हरेक स्थानिय तहमा पुग्ने सडक कालोपत्रे गर्ने, रणनितीक महत्वका सडकहरु निर्माण गर्ने र करिडोर र लोकमार्गहरु सम्पन्न गरेर पुर्वाधारमा सबैभन्दा अगाडी बनाउने योजना प्रदेश सरकारको रहेको पनि बताउनुभयो । उहाँले दुई बर्षभित्रमा हरेक नागरिकलाई शुद्धखानेपानी उपलब्ध गराउने, एक बर्षभित्र उज्यालो गण्डकी प्रदेश बनाउने योजना अन्तिमचरणमा पुगेको छ भन्नुभयो ।
संघीय संसद प्रतिनिधीसभाका सदस्य पदम गिरीले निर्वाचनको घोषणापत्रमा उल्लेख गरेका ९० प्रतिशत काम पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अर्को निर्वाचनमा आउँदा घोषणापत्र र स्वेतपत्र सहित आउने बताउँदै नेकपाको सरकारले देशलाई सम्बृद्ध बनाएरै छाड्छ भन्नुभयो ।


गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकारले दुई बर्षभित्रमै सबै घरघरमा धारा, सबैघरमा बिजुली पु¥याउने बताउँदै पुर्वाधारको बिकास लागि पर्याप्त बजेट र कार्यक्रम कार्यान्वयनमा लागेको छ भन्नुभयो । पर्वत जिल्लामा मात्रै संघीय सरकारबाट ११ वटा र प्रदेश सरकारबाट ४१ वटा गरि ५२ वटा सडकमा बजेट बिनियोजन भएको बताउँदै पर्वत जिल्ला भौतिक पुर्वाधारमा अब्बल बन्छ भन्नुभयो । गण्डकी प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले दोबिल्ला फलेबास सडकको बाँकी खण्ड पनि कालोपत्रे भएपछि बर्षौ देखिको योजना र सपना पुरा हुने अबस्था आएको बताउँदै पाँच बर्षमा पर्वतमा ३ सय किलोमिटर सडक कालोपत्रे गरेरै छाड्ने दाबी गर्नुभयो ।
फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिकाले सडकको मापदण्ड, सडक चक्लाबन्दी जस्ता काम सम्पन्न गरिसकेकाले अब स्तरउन्नतीका लागि संघ र प्रदेश सरकार संग समन्वय भैरहेको बताउनुभयो । उक्त कार्यक्रममा फलबास नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीले स्वागत गर्नुभएको थियो भने पुर्वाधार बिकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले दोबिल्ला फलेबास सडक अन्र्तगत मल्याङ्गदीखोला मुडिकुवा , ढिक, चन्दनी सडकका बारेमा जानकारी गराउनुभएको थियो । झण्डै १० किलोमिटर लामो उक्त खण्ड २६ करोड ५१ लाख रुपैंयामा कालोपत्रे गर्न लागिएको हो । कार्यक्रमको सञ्चालन फलेबास नगरपालिकाका योजना सल्लाहकार देबीप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’