पर्वत क्यानको शुभकामना तथा अनुशिक्षण कार्यक्रम थापाठानामा सम्पन्न

पर्वत/कम्प्यूटर एशोसियसन महासंघ नेपाल जिल्ला शाखा पर्वतले पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा शुभकामना आदानप्रदान तथा कम्प्युटर सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा फलेवास नगरपालिका भित्रका सम्पूर्ण माध्यमिक तथा विद्यालयका प्र.अ. तथा कम्प्यूटर शिक्षकहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले सामुदायिक विद्यालयबाट पनि अब प्रविधियुक्त शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले अबको युग प्रविधि र वैज्ञानिक हुनुपर्नेमा जोड दिँदै फलेवास नगरपालिकाले यसलाई आत्साथ गर्दै अघि बढेको बताउनुभयो ।
कार्यक्रममा क्यान महासंघ नेपालका केन्द्रिय सचिव जगन बहादु गुरुङ, क्यान प्रदेशका अध्यक्ष तुल्सीराम पाण्डे, क्यान कास्की अध्यक्ष विश्वास भण्डारी, थापाठाना मावि.का प्र.अ. विष्णु प्रसाद शर्मा, क्यान पर्वतका निर्वतमान अध्यक्ष गोपिनाथ तिमिल्सिना, प्याब्सन पर्वतका पुर्व अध्यक्ष हिम बहादुर पौडेल क्षेत्री पर्वतका उपाध्यक्ष अच्युत पौडेल लगायतले बोल्नुभएको थियो ।
उक्त अनुशिक्षण कार्यक्रममा सहजकर्ताको रुपमा अनुप अधिकारी, शान्त पौडेल, उत्तम के.सी., आशिष पौडेल र प्याब्सन पर्वतका पुर्व अध्यक्ष हिम बहादुर पौडेल क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक विष्णुप्रसाद सुवेदी तथा कार्यक्रमको संचालन क्यान पर्वतका सचिव भरत सापकोटाले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’