आन्तरिक भ्रमण बर्ष सफल भयो, पर्यटक २० प्रतिशतले बढ्यो – मन्त्री लम्साल

पर्वत / गण्डकी प्रदेश सरकारले मनाएको आन्तरिक भ्रमण बर्ष २०१९ मा प्रदेश भ्रमण गर्ने पर्यटकको संख्या २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भ्रमण बर्षको अन्त्य सम्ममा १५ लाख पर्यटकले प्रदेशको भ्रमण गर्ने अनुमान गरिएको बताउनुभयो ।
पर्वतमा सञ्चारकर्मीहरु संग कुरा गर्दै मन्त्री लम्सालले अघिल्ला बर्षहरुमा बार्षिक १० लाख पर्यटकले गण्डकी प्रदेश घुम्दै आएकोमा अहिले ा २० प्रतिशत बढी पर्यटक भित्रिने आकलन गरिएको जानकारी दिनुभयो । ‘यस बर्ष बिगतको तुलनामा कम्तीमा पनि २० प्रतिशत पर्यटक बढेका छन’ उहाँले भन्नुभयो ‘आन्तरिक भ्रमण बर्ष सफल भएको निष्कर्ष निकालेका छौ’
आन्तरिक भ्रमण बर्षका क्रममा ५ वटा प्रदेशमा भ्रमण गरेपछि त्यसको सकारात्मक प्रभाब देखिएको मन्त्री लम्सालको भनाई छ । यसपटक पोखरा मात्रै नभई लमजुङ्ग, मुस्ताङ्ग, म्याग्दी, पर्वत र बागलुङ्गमा पनि उल्लेख्य मात्रामा आन्तरिक पर्यटकहरु भ्रमणका लागि आएको तथ्याँक मन्त्रालयले राखेको छ । बाह्य पर्यटकको सबै बिबरण नै राखिने भएपनि आन्तरिक पर्यटकको भने सबै सरोकारवालाबाट तथ्याँक लिने गरिएको छ । गण्डकी प्रदेशको पर्यटन प्रर्बद्धन अभियानले गण्डकी प्रदेश सरकारको सबै प्रदेश सरकार संग, ब्यबसायीहरुको ती प्रदेशका ब्यबसायी संग तथा उपभोक्ताहरुको उपभोक्ताहरु संग पनि अनुभव आदनप्रदान गर्ने काम भएको मन्त्री लम्सालले बताउनुभयो । गण्डकी प्रदेशमा पर्यटक भित्र्याउनका लागि पोखराबाट सिमरा, बिराटनगर र नेपालगञ्जमा सिधा हवाई उडान गर्न पहल भैरहेको पनि उहाँले जानकारी दिनुभयो । पर्यटन प्रर्बद्धन गर्न मुलुकका ५ वटै महानगरपालिकाका प्रमुखहरुलाई प्रदेशको भ्रमण गराउने र त्यहाँका बासिन्दालाई गण्डकी प्रदेश घुम्न उत्प्रेरित गर्ने कार्यक्रम समेत राखिएको मन्त्री लम्सालले बताउनुभयो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि पर्यटक भित्र्याउन सबैभन्दा ठुलो सहयोग पुगेको उल्लेख गर्दै अझै पनि पर्यटकीय गन्तब्यहरु सम्म पुग्न सडक, खान बस्न होटल देखि धेरै पुर्वाधारहरुको कमि भएकाले निजी क्षेत्र र सरकारले पुर्वाधारको बिकासका लागि लगानी बढाउन जरुरी रहेको छ भन्नुभयो ।
गण्डकी प्रदेश सरकारे यस आर्थिक बर्ष भित्र १९ वटा स्थानिय तहमा औधोगिक ग्राम बनाउनका लागि पुर्वाधार तयार गर्ने मन्त्री लम्सालले जानकारी दिनुभयो । औधोगिक क्षेत्रको जग्गा छुट्टाउने, डिपीआर बनाउने, सडक, बत्ती, पानी जस्ता पुर्वाधार निर्माण गर्न यसै बर्ष शुरु गरिने उहाँको भनाई छ । प्रदेश सरकारले वनबाट रोजगारी सृजन ागर्न नयाँ बन बिद्येयक ल्याउने तयारी गरेको र वनको उपयोग र बन्यजन्तु पालन गर्ने कुरालाई सहज बनाइने प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’