पर्वत जेसिजको अन्तर मावि स्तरिय सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु

पर्वत । पर्वतको कुश्मामा जेसिज पर्वतको आयोजनामा अन्तर मावि स्तरिय सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु भएको छ । बुधवार भएको उद्घाटन खेलमा ४ वटा खेल सम्पन्न भएका छन् । आज शुरुवाती खेलमा नमूना आवासीय मावि र होराईजन आवासीय मावि वारीबेनीको बिचमा भएको खेलमा होराईजनले नमूनालाई ३ गोलले पराजित गरेको छ ।

होराईजनले ४ गोल गर्दा नमूनाले १ गोल मात्रै गरेको थियो । यस्तै राष्ट्रिय बाल शिक्षा सदन र शहिद स्मारक अंग्रेजी आवासीय मावि बिच भएका खेलमा शहिदका खेलाडीले राष्ट्रिय बाललाई २ गोलले पराजित गरेका छन् । राष्ट्रिय बालले एउटा पनि गोल गर्न सकेन । त्यस्तै जनकल्याण मावि नाग्लीवाङ र शिवालय माविको खेलमा । नाग्लीवाङले २ गोल गरेर शिवालयलाई पराजित गरेको छ । शिवालयले एक गोल पनि गर्न सकेन । अर्को खेलमा आईवल एकेडेमी र पर्वत गुरुकुल एकेडेमी खेलेकोमा पर्वत गुरुकुलले एक गोलले आईवललाई पराजित गरेको छ । आईवलले एक गोल पनि हान्न सकेन । बिहिवार शहिद स्मारक एकेडेमी र कालीगण्डकी एकेडेमी, पर्वत गुरुकुल र देउपुर नमूना आवासीय मावि र होराईजन र आदर्श अंग्रेजी आवासीय मावि बिच प्रतिस्पर्धा गर्ने जनाईएको छ । खेलमा ११ विद्यालयले सहभागिता जनाएका छन् ।

संघिय साँसद लालकाजी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै खेल क्षेत्रको विकास गर्न विद्यालय स्तरबाटै अभ्यास शुरु गर्नुपर्ने बताउनुभएको थियो । जेसिजले यूवाहरुमा नेतृत्वको विकास संगै खेलकूदमा पनि रुची बढाउने अभियान चलाएको भन्दै प्रसंसा गर्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्वतका खेलाडीलाई राष्ट्रिय स्तर सम्म चिनाउन आग्रह गर्नुभयो । कार्यक्रममा जेसिज अध्यक्षिय क्लवका अध्यक्ष शिवप्रसाद सुबेदी, जेसिज पर्वतका पूर्व अध्यक्ष बसन्तकुमार कर्माचार्य, प्याव्सन पर्वतका अध्यक्ष बलराम शर्मा लगायतले बोल्नुभयो ।

कार्यक्रम जेसिज पर्वतका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा उद्घाटन गरियो भने कार्यक्रमको स्वागत कार्यक्रम संयोजक सुरेन्द्र पौडेलले गर्नुभयो भने सञ्चालन महासचिव रामु शर्माले गर्नुभएको थियो । उक्त अवसरमा जेसिजका उपाध्यक्ष हेमन्बाबु आचार्यको जन्मदिन परेकाले क्लवले उहाँलाई जन्मदिनको शुभकामना आदानप्रदान समेत गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’