सञ्चारकर्मी कृष्ण अखेलीको भिर्नी झोलामा सार्वजनिक (भिडीयो सहित )

पर्वत /लोकप्रिय कलाकार कृष्ण अखेलीको बहुप्रतिक्षित गीत भिर्नी झोलामा सार्वजनिक भएको छ । चलेका गीतहरू बनाउन सिपालु मानिने अखेलीले यस पटक गीत भिर्नी झोलामा अन्य गीतहरूको तुलनामा बढी मिहिनेत गरेका छन् । सालको पातको टपरी हुने गीतले बजार तताएपछि सिक्स एट बिटका गीतहरूले अझै पनि बजार तताइरहेको सन्दर्भमा सोही शैलीको गीत बजारमा आएको हो । गीतमा कोरस आवाज र भिडिओमा पनि कोरस नाचको प्रयोग गरिएको छ । गीतलाई तिर्सना म्युजिकले यूटूवबाट बजारमा ल्याएको हो । गीतमा कृष्ण अखेली र सरस्वती लामिछानेको स्वर रहेको छ । कोरस आवाजको लागि दिइएको सामूहिक आवाजमा भने कलाकारहरू याम क्षेत्री, खेम सेन्चुरी, सरीता कार्की र वसन्त थापा मगरले स्वर भरेका छन् । गीतको लागि शब्द रचना शिव अखेलीले गरेका हुन भने सङ्गीत कृष्ण अखेलीको नै रहेको छ । गीतको म्युजिक भिडिओमा पछिल्लो समयका म्युजिक भिडिओको निर्देशन र अभिनयमा व्यस्त रहेका सुनिल क्षेत्रीले नै निर्देशन र अभिनय गरेका छन् भने उनीसँगै चर्चित हास्य टेलीश्रृङखला सक्किगोनीकी रक्षा श्रेष्ठ र अर्जुन गौतमको अभिनय र नृत्य रहेको छ । गीत हेरेका दर्शकहरूले यूटूव च्यानलमा नै गीत राम्रो बनेको प्रतिक्रिया दिएका छन् । सङ्गीत, स्वर, लय, शब्द, भिडियो सबै राम्रो बनेको दर्शकको प्रतिक्रिया छ । कलाकार कृष्ण अखेलीले पनि यो गीतबाट बढी नै अपेक्षा गरेका बताएका छन् । दर्शकहरूकै सल्लाह र सुझावकै आधारमा गीत तयार पारिएकोले गीतले दर्शकको माया पनि बढी पाउने उनले बताए ।

भिडीयो सहित

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’