राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक

काठमाडौँ ।चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी असोज २५ गते (अक्टोबर १२) काठमाडौँ उत्रनेछन् । राष्ट्रपति सीको भ्रमण दुई दिने रहने मन्त्रालयले जनाएको छ ।

‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण हुने जनाइएको छ ।

उनले दुई दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’