लोक कलाकारहरुको शुभकामना र बधाई कार्यक्रम सम्पन्न

पर्वत /राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, पर्वत जिल्ला कार्यसमितिले बिजयादशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यसमिति पर्वतको आयोजनामा भएको कार्यक्रममा नेपालीहरुका महान चाड नजिकै आएको सन्दर्भमा शुभकामना आदान प्रदान गरिएको थियो भने हालै पोखरामा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले नेपाली संस्कृति पाश्चात्य संस्कृतिमा समाहित हुँदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै नेपाली चलन र संस्कृति नै संकटमा परेको बताउनुभयो । अरुको संस्कृतिसँग घुलेर अरुको संस्कृतिमा रमाउनु भन्दा एक्लो भएर पनि अरुको संस्कृतिसँग मैत्रीपूर्ण प्रतिस्पर्धी वातावरणको सिर्जना गरेर नेपाली संस्कृतिको पहिचानलाई जोगाउनुपर्ने उहाँको सुझाव छ । नेपाली लोक साँगितिक क्षेत्र साहित्यकै एक विधा भएकोले यससँग सम्बन्धित व्यक्तिहरु साहित्यकार हुने भएकोले उहाँहरुको रचनामा मौलिक संस्कृतिको संरक्षण गर्न सक्ने खालका सृजना देखिनुपर्ने उहाँको सुझाव छ । यस्तै, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले कतिपय कलाकारहरुका स्टेज र एल्बममा राखिएको प्रस्तुतीहरु भल्गर केन्द्रित हुँदा एक समूहले त्यसलाई मन पराए पनि समाजका बिभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई भने त्यसले असर गर्ने बताउनुभयो ।

कलाकारका प्रस्तुतीहरु परिवारका सदस्यहरुसँग बसेर हेर्न नमिल्ने खालका भएपनि कलाकारका त्यस्ता रचनाहरु ज्यूँदैमा मर्ने उहाँको भनाई छ । अर्को प्रसंगमा उहाँले चाडपर्वको बेलामा आम नागरिक सहित कलाकारले पनि जुवातास खेलेको तथा अन्य अवाञ्चित क्रियाकलाप गरेको भनी थाहा पाएमा कारबाहीको दायरामा ल्याउने बताउनुभयो । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार केदारनाथ शर्माले चाडपर्वको शुभकामना दिनुहुँदै उद्योग वाणिज्य सँघले जहिले पनि कलाकारहरुसँग सहकार्य गरिरहेको र यसै बर्षमा आयोजना हुने पर्वत महोत्सवमा पनि सघाउन सबै कलाकारहरुलाई अपिल गर्नुभयो । पत्रकार दुर्गाप्रसाद शर्मा र प्रतिष्ठानका सल्लाहकार नवराज शर्माले पर्वतका कलाकारहरुले पर्वतको गीतको संरक्षण नगरे अन्य ठाउँका कलाकारहरु आएर संरक्षण नगरिदिने भन्दै परम्परागत कला र गलाको संरक्षणमा लाग्न प्रतिष्ठानलाई अनुरोध गर्नुभयो । कलाकारको काम गीत गाउने मात्र नभएर पुराना गीतको संरक्षण गर्नु पनि रहेको उहाँहरुको भनाई थियो ।
यसैबीच, उक्त कार्यक्रममा पोखरामा हालै सम्पन्न भएको प्रतिष्ठान गण्डकी प्रदेशको निर्वाचनबाट बरीष्ठ उपाध्यक्षमा निर्वाचित पूर्ण परियार, द्धितिय उपाध्यक्ष आर.सि. पौडेल (रामचन्द्र), सदस्यहरु कृष्ण सुवेदी, दिपक अधिकारी, सरस्वती लामिछाने, सिता परियार र सबिता के.सी.लाई मायाको चिनो प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बधाई ज्ञापन गर्नुभयो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, पर्वत जिल्ला कार्यसमितिका अध्यक्ष दीपक गदालको अध्यक्षतामा भएको कार्यक्रको संचालन सचिव सन्तोष सुवेदीले गर्नुभएको थियो । स्वागत मन्तब्य प्रथम उपाध्यक्ष पूजा कार्कीले राख्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’