‘मण्डले प्रवृत्ति’को धम्कीले रत्तिभर बिचलित हुन्न -योगेश

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा जहाजभित्र दुर्व्यवहार भएको उनको सचिवालयले बताएको छ ।

मन्त्री भट्टराईलाई पर्खिँदा विमान होल्ड भएपछि विमानमा रहेका ज्ञानेन्द्र शाहीको समूहले विरोध गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्रीमाथि गालीगलौज समेत गरे ।

मन्त्री भट्टराईले पनि आफ्ना कारण करिव १५ मिनेट उडान ढिलो भएको स्वीकार गर्दै यात्रुलाई परेको असुविधाप्रति क्षमा मागेका छन् । शाहीको समूहले व्यक्त गरेको विचारप्रति भने भट्टराईको सचिवालयले गम्भिर आपत्ति जनाएको छ ।

‘जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, उक्त समूहले जहाजभित्र माननीय मन्त्रीज्यूप्रति गरेको दुर्व्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको हाम्रो ठहर छ’ सचिवालयले भनेको छ, ‘यो नियोजित घटनाको हामी भत्र्सना गर्दछौं ।’

यो समूहले पछिल्लो समय व्यक्त गर्दै आएको विचारपछि जानकार रहेको भन्दै मन्त्री भट्टराईको सचिवालयले ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा यो समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन्’ भनेको छ । संहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ले संविधान बिरोधी हर्कत गरिरहेको भन्दै मन्त्रीको सचिवालयले यसप्रति सचेत रहन लोकतान्त्रिक शक्तिहरुलाई अपील समेत गरेको छ ।


अनर्गल प्रचारको जवाफ दिँदै मदन भण्डारीले ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ’ भनेको स्मरण गर्दै मन्त्री भट्टराईको सचिवालयको विज्ञप्तिमा भनिएको छ, सतिसाल जस्तै देश र जनताको पक्षमा ठिङ्ग उभिरहने प्रण गर्दछौं ।’

मन्त्री भट्टराईका स्वकीय सचिव गुरागाईले निकालेको विज्ञप्ति जस्ताको तस्तै

प्रेस विज्ञप्ति

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूमाथि (शनिबार,२८ भदौ २०७६) नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछि आएका समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
माननीय मन्त्रीज्यू २८ भदौ २०७६ मा बुद्ध एयरबाट कैलालीको धनगढी हुँदै डलफिन महोत्सव कार्यक्रममा सहभागी हुनका लागि टीकापुर पुग्नु भएको थियो । उहाँको शनिबार नै धनगढीबाट बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्व निर्धारित तालिका थियो । तर, टीकापुरमा निर्र्धारित समयभन्दा कार्यक्रम ढिला भएपछि धनगढीबाट फर्कन सम्भव भएन । आज (आइतबार, २९ भदौ २०७६) प्रतिनिधिसभामा मन्त्रालयको बारेमा माननीय सांसदज्यूको उत्तर दिनुपर्ने कार्यतालिका रहेका कारण शनिबार नै काठमाडौं फर्किनु पर्ने दबाबमा उहाँ हुनुहुन्थ्यो । त्यही कारण माननीय मन्त्रीज्यू बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन टिकापुरबाट नेपालगञ्ज जानुभएको थियो ।

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण भई आवश्यक प्रक्रियापछि ६ः४० मा अन्य यात्रुहरुको ‘बोर्डिङ’ भएको थियो । बोर्डिङ भएका यात्रुहरु मध्ये एक उछृङ्खल समूहले हुलहुज्जतका साथ जहाजबाट बाहिर निस्केर गालीगलौज गर्दै माननीय मन्त्रीज्यू पुगे लगत्तै अपशब्द प्रयोग गरेको थियो । त्यही समूह मध्येका एक जनाले ‘पारसका बिरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौं र ?’ भन्दै दुव्र्यवहार गरेका थिए । माननीय मन्त्रीज्यूले उछृङ्खल समूहलाई कुनै उत्तर दिनु भएन । तर, अन्य यात्रुहरुलाई भने आफ्ना कारण परेको असुविधाप्रति क्षमा माग्नु भएको थियो ।
हाम्रो कारणले करिब १५ मिनेट ढिला हुन गई यात्रु महानुभावहरुलाई परेको असुविधाप्रति क्षमाप्रार्थी छौं । यो क्रममा यात्रु महानुभावहरु र बुद्ध एयरले देखाएको समझदारीप्रति हार्दिक आभार प्रकट गर्दछौं । तर, घटना र घटनापछि सोही समूहका सदस्यहरुले व्यक्त गरेको विचारप्रति भने हाम्रो गम्भिर आपत्ति रहेको छ । सरकार र जुनसुकै सरोकारवाला निकायलाई खबरदारी गर्नु आम नागरिकको कर्तव्य र अधिकार हो । जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, उक्त समूहले जहाजभित्र माननीय मन्त्रीज्यूप्रति गरेको दुव्र्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको हाम्रो ठहर छ । यो नियोजित घटनाको हामी भत्र्सना गर्दछौं ।

पछिल्लो समयमा सोही समूहले सम्मानीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, राजनीतिक दलका नेताज्यूहरु, अन्य मन्त्रीज्यूहरु र राज्यका सबैधानिक आयोगका प्रमुखज्यूहरुको बिषयमा दिइरहेको अभिव्यक्तिप्रति हामी जानकार र सचेत छौं । लामो संघर्ष र बलिदानबाट प्राप्त भएको अभिव्यक्ति स्वतन्त्रताको हामी सदैब सम्मान गर्दछौं । तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा उक्त समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन् ।

लोकतन्त्रप्रतिको हाम्रो निष्ठा र विश्वास अबिचलित छ । लोकतन्त्र प्राप्तिका निम्ति हामीले गरेको योगदान र बलिदानको गौरवमयी इतिहास हाम्रो अगाडि घाम जस्तै छर्लङ्ग छ । त्यही योगदान र बलिदानको जगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार जना सम्मानित नेताज्यूहरु प्रधानमन्त्री भइसक्नु भएको छ । वर्तमान सत्तारुढ दलका पाँच जना नेताज्यूहरुले प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ ।

जीन्दगीभर स्वतन्त्रता र लोकतन्त्र प्राप्तिका निम्ति लडेकाहरुलाई कसैले लोकतन्त्रप्रतिको निष्ठालाई सम्झाई राख्नु सर्बथा गलत हुन्छ । कसैको पनि आलोचना र सुझाव हाम्रो लागि सधैं स्वागतयोग्य छ । तर, पछिल्लो समयमा आफ्नो सिंहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संबिधान बिरोधी हर्कतहरु जारी राखेका छन् । यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल समेत गर्दछौं । साथै यस्ता ‘मण्डले प्रवृत्ति’ को बिरोध र धम्कीले रत्तिभर बिचलित नभई ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को महान् उद्देश्य प्राप्तिका निम्ति अबिचलित रुपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।

जननेता स्व.मदन भण्डारीले दिनुभएको अभिव्यक्तिको सम्झना यो बेला उपयुक्त हुन्छ । अनर्गल प्रचारको जबाफ दिँदै उहाँले भन्नुभएको थियो, ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ ।’ जनकवि स्व. नेत्रलाल अभागीले लेख्नु भएको छ ‘आँधी र हुरीसँग पौठेजोरी खेल्दै एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।’ हो, यसप्रकारको आँधी हुरीसँग पौठेजोरी खेलेर सतिसाल जस्तै देश र जनताको पक्षमा ठिङ्ग उभिरहने प्रण गर्दछौं ।
२९ भदौ २०७६
………….
(प्रेम गुरागाई)
स्वकीय सचिव

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’