सनी लियोनी काठमाडौंमा

काठमाडौं। बलिउड अभिनेत्री सनी लियोनी यतीबेला काठमाडौंमा छिन् । उनी बिहीबार दिउँसो मुम्बईबाट काठमाडौं आएकी हुन् । सनी लियोनीले आइटम डान्स तथा अभिनय गरेको चलचित्र ‘पासवार्ड’ आज शुक्रबारबाट मुलुकका ६ दर्जन सिनेमा हलमा रिलिज हुँदै छ ।

चलचित्र पासवर्डको बिहीबार बेलुका काठमाडौंको कमलपोखरीस्थित क्यूएफएक्स कुमारी हलमा प्रिमियर सो राखिएको थियो । ६ः३० मा राखिएको प्रिमियर सोमा अभिनेत्री सनी लियोनी ८ः३० मा आइन् । त्यसपछि सो सुरु भयो ।

आफूले पहिलोपटक नेपाली चलचित्र पासवर्डमा अभिनय गरेको बताउँदै उनले यो चलचित्र हेर्न नेपाली दर्शकलाई अनुरोध गरिन् । आफूलाई नेपाल निकै मन पर्ने भएकाले थुप्रैपटक आएको पनि सनीले बताइन् । अभिनेत्री सनीले कुमारी हलमा दर्शकसँगै बसेर चलचित्र पासवर्ड हेरिन् ।

निर्माण पक्षका अनुसार सनी एक दिनका लागि काठमाडौं आएकी हुन् । शुक्रबार दिउँसो उनी मुम्बई फर्कंदै छिन् । उनलाई २ करोडभन्दा बढी पारिश्रमिक दिएर यो चलचित्रको एउटा गीत र केही दृश्यमा अभिनय गराइएको निर्माण पक्षको दाबी छ ।

द्वन्द्व निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यो चलचित्रमा सनी लियोनीसँगै अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङलगायतको अभिनय छ ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको सिनेमालाई हिरल जोशी, अमित बस्नेतसँगै अंकित गौतम, अजित के थापालगायतले निर्माण गरेका हुन् ।राजधानी दैनिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’