के कारणले बढ्दै छ आत्महत्या ? -पर्वतमा पाँचबर्षमा एक सय ३९ जनाले गरे आत्महत्या



पर्वत/ पछिल्लो समय नेपाल मात्रै नभएर विश्वका अन्य मुलुकहरुमा पनि आत्महत्या गर्नेको संख्या बढ्दो छ । सामाजिक, पारिवारिक तथा अन्य विभिन्न कारणले तनाबमा झेलिएपछि अन्तिम विकल्पको रुपमा मानिसहरु आत्महत्यालाई रोज्ने गरेको तथ्य नेपाली समाजमा छर्लङग छ ।
सन्दर्भ आज आत्महत्या रोकथाम दिवस । नेपालमा अहिले एक पछि अर्को आत्महत्याका घटनाहरु बढिरहेका छन् । पर्वतमा मात्रै पछिल्ला पाँच बर्षमा एक सय ३९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । आर्थिक बर्ष ०७२÷७३ मा २९ जना, २०७३÷०७४ मा ३१ जनाले आत्महत्या गरेर देहत्याग गरेका छन् भने ०७४।०७५ मा ३५ जनाले आत्महत्या गरेका छन् ।

गत बर्ष मात्रै ४० जनाले आत्महत्या गरेर प्राण त्याग गरेका छन् भने जिल्ला प्रहरी कार्यालय पर्वतमा रहेको तथ्याङ्क अनुसार यो बर्ष साउन देखि यता मात्रै चार जनाले आत्महत्या गरिसकेका छन् । जस मध्ये झुण्डिएर मृत्यु हुनेको संख्या एक सय १३ छ भने हाम फालेर १६ र बिष सेवन गरी चार जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
आत्महत्या गर्नेमा १० बर्ष उमेर समुहका बालबालिका देखि युवा युवती र बृद्धबृद्धा सम्मका व्यक्तिहरु रहेका छन् । आत्महत्याको तथ्याङ्क क्रमिक रुपमा बढ्दै गइरहेको छ । गतका बर्षहरुको तुलनामा यसबर्ष आत्महत्या गर्नेको संख्या बढ्ने देखिएको हो ।
नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएपछि प्रहरीले पनि मुलुकभर आत्महत्या गर्नेको संख्या बढिरहेको जनाएको छ ।
के कारणले बढ्दै छ आत्महत्या ?


जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्याम अर्यालले आत्महत्याका घटनामा ठ्याक्कै कारण पत्ता लगाउन नसकिएको बताउनुभयो । उहाँले खास गरी युवा युवतीहरु प्रेम र लागु औषध कै कारणबाट आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धानमा पाइएको जानकारी दिनुभयो । कतिपय युवायुवतीहरु प्रेममा धोका पाएपछि र प्रेम सम्बन्धमा जोडिएपछि घरपरिवारले नस्वीकार्ने र अन्तिम विकल्पका रुपमा आत्महत्यालाई रोज्ने गरेको अर्यालले बताउनुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालका कारणले पनि आत्महत्याका घटनाले प्रसय पाइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै बृद्धबृद्धाहरुमा कतिपय दिर्घ रोगी भएका कारण र औषधीले समेत निको नभएपछि छुटकारा पाउन आत्महत्या गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । महिलाहरुको हकमा घरेलु हिंसानै प्रमुख कारण पाइएको उहाँको भनाई छ । आत्महत्याको प्रमुख कारण मानसिक सन्तुलन विग्रिनु पनि हो । टिनएजर्सहरुमा भने बाबु आमा सँग मागेको कुरा नपाएपछि घुक्र्याउने बहानामा आत्महत्या गर्ने गरेको पाइएको डिएसपी अर्यालले बताउनुभयो ।
न्युकालीगण्डकी दैनिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’