पर्वतमा बिपी स्मृति भवनको ब्यथा

लामो समय देखि बिबादको घेरामा पर्दै आएको नेपाली कांग्रेस पर्वतले निर्माण गर्ने भनिएको बिपीस्मृति भवन निर्माणको काम शुरु गर्ने तयारी भैरहँदा फेरी बिबादमा तानिएको छ । तत्कालिन सभापति नवराज गुरुङ नेतृत्वको जिल्ला कार्य समितिले २०६६ कार्तिक ११ मा पूर्वप्रधानमन्त्री एवम् बर्तमान सभापति शेरबहादुर देउवाबाट शिलन्यास गराएको भवन एक दशक सम्म अलपत्र थियो । भवन निर्माणका लागि लोकनाथ आचार्यको समितिको नेतृत्वमा निर्माण समिति गठन भएर त्यसले पिल्लर उठाउने काम सम्म गरेको थियो । तत्कालिन समयमा शिलन्यास कार्यक्रममा पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रम बहिष्कार मात्रै होइन आफुँले भनेको मान्ने कार्यकर्तालाई कार्यक्रममा आउने बाटो नै छेक्ने कामको नेतृत्व पुर्ब साँसद अर्जुन जोशीले गरेका थिए । तर अहिले उनलाई नै निर्माण समितिको जिम्मा दिइएको छ । एउटा निर्माण समिति गठन भएको र समितिले राजिनामा नदिएको अबस्थामा जिल्ला कार्य समितिले अर्को भवन निर्माण समिति बनाएपछि त्यसमा असुन्तुष्टि जनाउँदै एउटा समुह फेरी असहोगमा लागेको छ । बिपी स्मृति दिवसको अबसर पारेर मंगलबार भवन निर्माणस्थलमा भरिएको झाडी सरसफाई गर्ने काममा समेत एउटा समुहले बहिष्कार गरेको चर्चा बजारमा छ । केही दिन अघि बसेको जिल्ला कार्यसमितिले रिक्त जिल्ला कार्यसमितिका सदस्य र आमन्त्रित सदस्यको मनोनयनमा समेत धेरैलाई नसमेटिएको भनेर नोटअफ डिसेन्ट समेत लेखिएको चर्चा कांग्रेस बृत्तमा चलेको छ ।


खुल्ला राजनितीमा आएका दलहरुले आफ्नो कार्यलय भवनहरु बनाउने अभियान केन्द्र देखि जिल्ला र गाउँपालिका तथा पहिलेका गाबिस तह सम्म सञ्चालन गरिरहेका छन । धेरै स्थानमा राजनैतिक दलका भवनहरु बनेका छन । चन्दा संकलन, पार्टीका कार्यकर्ताका सहयोग देखि भ्रष्टचार गरिएको पैसा समेत नेता र मन्त्रीहरुले पार्टी कार्यालयमा खर्च गरेको चर्चा पनि हुने गर्दछ । तर पार्टी कार्यलयहरु बनेपछि पार्टी कामको सम्पादन गर्न सहज हुन्छ । पार्टी कामलाई ब्यबस्थित गर्नका लागि पनि आफ्ना कार्यलय बनाउने होडबाजी चल्नुलाई अश्वभाविक मानिदैन । पर्वतकै हकमा पनि तत्कालिन नेकपा.एमाले) र नेकपा माओबादी केन्द्रले भवन निर्माण गरिसकेका थिए । दुबै पार्टी एक भएपछि भवन साझा बनेका छन । ०६३ पछि खुल्ला राजनीतिमा आएको तत्कालिन नेकपा माओबादीले केही बर्षमै जिल्ला कार्यालय भवन निर्माण गरेको अबस्था र तत्कालिन नेकपा एमालेले भवन निर्माण गरेको झण्डै दुई दशक पुग्न लागेपनि नेपाली कांग्रेस पर्वतले भवन निर्माण गर्न नसक्नु उक्त पार्टी भित्रको गुटगत र ब्यक्तिगत इगो नै प्रमुख कारण हो । अहिले पनि गुट र ब्यक्तिगत इगोका कारण भवन निर्माण समिति गठन देखि नै बिबाद बढेको छ ।


नेपाली कांग्रेस पर्वतमा भवन निर्माणको चर्चा हरेक महाधिबेशनको सेरोफेरोमा हुन्छ । महाधिबेशन आएपछि भवन निर्माणको फण्डा हाल्ने र नेतृत्व हत्याउने प्रयास गरिदै आइएको छ । यस पटक पनि महाधिबेशन आएपछि फेरी भवन निर्माणको एजेण्डा र कार्यक्रम अघि सारिएको छ । कांग्रेस पर्वतको भवन निर्माणको कथा शिलन्यास हुनुभन्दा पनि धेरै पहिले देखिको छ । बर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी नेतृत्वको जिल्ला कार्य समितिले भवनका लागि १४ आना तीन धुर जग्गा खरिद गरेको थियो । उनले भवन निर्माणको कार्यक्रम र चन्द संकलनमा खुलेरै असहयोग गरे र असहयोगका बाबजुद गुरुङसहित तत्कालिन भवन निर्माण समितिका संयोजक लोकनाथ आचार्यलगायतले डिपिसिसम्मको काम गरेका थिए । जिल्लाका धेरै नेताहरु नै असहयोगमा उत्रिएपछि भवन बन्न नसेकेको हो । अहिले भवन निर्माण गर्ने जिम्मा उनै जोशीकोमा पुगेको छ । जोशीकै नेतृत्वको समिति गठनमा समेत धेरै नेताले खुलेरै असहमति पनि जनाएका छन । महाधिवेशनताका भवनको नारा चल्ने तर महाधिवेशन सम्पन्न भएपछि सेलाउने क्रम चल्दै आएको पर्वत काँग्रेसमा यो पटक पनि अधिवेशनमा आकर्षण गराउने हतियारका रुपमा लिएको तर्क उठेको छ । अर्जुनप्रसाद जोशी डेढ दशक भन्दा लामो समय जनप्रतिनिधी भएको ब्यक्ति, पार्टीको केन्द्रिय सदस्य भएका कारण पनि भवन निर्माणका लागि स्रोत जुटाउन सक्षम छन । उनलाई असहयोग हुँदा पनि भवन निर्माण गर्न कठिन नहुन सक्छ । कतिपय मानिसहरु उनले भवन निर्माण समितिको अध्यक्ष बन्नु भन्दा पनि संरक्षक बसेर अरुलाई जिम्मा दिनुपथ्र्यो भन्ने तर्क समेत गर्छन । जे होस कांग्रेस पर्वतले भवन निर्माण गरेर अर्को बर्ष भवन निर्माण गरि नयाँ भवनमा बिपी स्मृति भवनमा कार्यक्रम गर्न सफलता प्राप्त गरोस शुभकामना । न्युकालीगण्डकी दैनिकको सम्पादकीय टिप्पणी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’