क्यान्सर पिडितका लागि संकलित ११ लाख ७४ हजार नगद रकम प्रदान

पर्वत । आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत कुश्मा नगरपालिका वडा नम्बर ४ का मिनबहादुर परियार खड्कालाई मंगलबार ११ लाख ७४ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । परोपकारी पत्रकारितामा सक्रिय रामकृष्ण लामिछानेले सामाजिक सञ्जालमा गरेको आब्हानलाई स्वीकार गरी देश/बिदेशमा रहेका नेपालीले गरेको उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशी, महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्री, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलगायतले संयुक्त रुपमा उक्त रकम मिनबहादुरलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरणका क्रममा जोशीले मिनबहादुरको परिवारसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको र अहिले उनीमाथि परेको पीडाले निकै दुःखी बनाएको बताए । उनले रोगलाई जित्नसक्ने भनेकै बलियो आत्मबल भएकोले नआत्तिन पनि आग्रह गरे ।

काँग्रेस महासमिति सदस्य क्षेत्रीले मिनबहादुर बिरामी भएपछि लामिछानेले खोलेको खातामा आफुले पहिलो सहयोग गरेको र उनको पीडालाई बाड्ने प्रयास गरेको बताइन । उनले जस्तोसुकै दुःख परेपनि आत्मबल, आत्मविश्वासले धेरै मात्रामा रोग निको पार्न सकिने धारणा राखिन् ।

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले मिनबहादुर परिवारलाई गम्भिर रोग लागेको थाहा पाएपछि लामिछानेले अभियान चालेको र त्यसमा पत्रकार महासंघले सघाएको बताए । उनले परोपकारी पत्रकारिताले धेरै बिपन्न, गरिबहरुको पीडामा मल्हम लगाएको भन्दै मिडियामा आएपछि सरकारले ध्यान नदिएपनि देश/बिदेशमा रहेका नेपालीले मन फुकाउने गरेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्य अशोक उच्चै ठकुरी, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ पर्वतका पूर्वअध्यक्ष ओमप्रसाद घायल, सचिव गणेश गिरी, नेपाल प्रेस युनियन पर्वतका आगामी अध्यक्ष उत्तम अधिकारी, उपाध्यक्ष रोशन तिवारी, महासंघका सदस्य सुबास लामिछाने, नेपाल टे«ड युनियन काँग्रेस पर्वतका पूर्वअध्यक्ष गुरु उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।

सहयोग बुझ्दै मिनबहादुरले आफु बिरामी भएपछि देश बिदेशमा भएका नेपालीले लिएको चिन्ता र चासोप्रति धन्यबाद दिए । उनले प्राप्त भएको सहयोग रकमले धेरै राहत मिलेको पनि बताए । मिनबहादुरको उपचारका क्रममा झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको छ । source : sarathinews.com

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’