कलाकारद्धय पन्त र क्षेत्री सम्मानीत


पर्वत । गृह जिल्ला पर्वतमा लोक तथा आधुनिक गीतका सर्जक कस्तुप पन्त र लोक गायक याम क्षेत्री सम्मानीत भएका छन । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाले उनीहरुलाई सम्मान गरेको हो ।

प्रतिष्ठानको ९ औ साधारण सभा तथा ५ औ अधिवेशनको अवसरमा पन्त र क्षेत्रीलाई नगद रकम सहित सम्मान गरेको हो । प्रतिष्ठानले गृह जिल्ला पर्वतमा जन्मेर राष्ट्रिय स्तरमा संगित तथा गायक क्षेत्रमा ख्याती कमाएको भन्दै उनीहरुलाई सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष दिपक गदालले जानकारी दिए । हरुलाई नगद ५ हजार ५५ रुपैंया, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

पन्त लोक गायक क्षेत्रबाट सांगेतिक क्षेत्रमा प्रवेश गरेका हुन । अहिले उनी आधुनिक विधाका सर्जकको रुपमा परिचित छन । उता, क्षेत्रीले भने लोक गायन क्षेत्रमा आफ्नो पहिचान बनाएका छन । सम्मान पछि बोल्दै दुवैजनाले संगीत र गायन क्षेत्रमा आफ्नो पूर्ण जीवन अर्पण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सम्मानले थप जिम्मेवारी प्राप्त भएको भन्दै क्रियाशिलतामा थप अभिबृद्धि गर्ने बताए । पन्त पर्वत कलाकार समाजका अध्यक्ष समेत हुन । क्षेत्री सोहि समाजका उपाध्यक्ष हुन । उनीहरुले सम्मान वापत पाएको नगद रकम भने कार्यक्रम स्थलमै क्यान्सर रोगको उपचार गराई रहेका पर्वतका युवा खड्क विश्वकर्मालाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’