टाउको दुखेको औषधी ‘बियर’, पेनकिलर भन्दा राम्रो औषधी

एजेन्सी/ ‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् ।

बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ । सही मात्रामा बियर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने बनाइन्छ ।

बियरले टाउको दुखाइमा ‘पेनकिलर’ काम समेत गर्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले प्यारासिटामोलभन्दा बियरले टाउको दुखाइमा राहत दिने पत्ता लगाएको छ ।

किन फाइदाजनक छ बियर ?

उक्त अनुसन्धानमा ४०० मानिसहरु सहभागी भएका थिए । सहभागीहरुले प्यारासिटामोलले टाउको दुखाइबाट आराम दिलाएको बताए । यद्यपि, बियरले मस्तिष्कको रिसेप्टर्समा काम गर्छ । जसले तनाव कम गराउँछ र टाउको दुखाइ कम गराउँछ । बियरले तनाव र चिन्ताको तीव्रता कम गराइदिन्छ जसले दुखाइको महसुस कम गराउँछ ।
अनुसन्धानकर्ताहरुले २ गिलास बियर पिउँदा २५ प्रतिशतसम्म दुखाइ कम हुने बताएका छन् । यसको तुलना कोडेन जस्ता ओपिओयड ड्रग्सको पनि गरिएको थियो जसले प्यारासिटामोलले जस्तै टाउको दुखाइ कम गराउँछ ।
यदि रगतमा ०.०८ प्रतिशत अल्कोहल भयो भने तनावको मात्रा कम हुन्छ भने दुखाइबाट पनि आराम मिल्छ । साथै, बियरको सेवनले हृदयघात र डिप्रेशन जस्ता समस्या कम गर्छ ।

अन्य फाइदा
मृगौलामा भएको पथ्थरीका लागि हरेक हप्ता १ बोतल बियर पिउँदा पथ्थरी पग्लिएर पिसाबबाट बाहिर निस्किन्छ ।
हप्तामा दुई पटक बियर शेवन गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । बियरले रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ ।
व्यस्त जीवनशैली र मानसिक तनावका कारण मानिसहरुमा अल्माइरको समस्या बढिरहेको छ । अल्जाइमरको समस्यामा हप्तामा एकपटक बियर पिउँदा अल्जाइमर वा मस्तिष्कसँग जोडिएका रोगहरु कम हुन्छ ।
बियरमा पाइने फाइबरले पेटमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । जसले गर्दा पाचन शक्ति बढ्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’