इन्दिरा म्यूजिक एण्ड इन्टरटेनमैन्टको स्थापना

काठमाडौ । इन्दिरा म्यूजिक एण्ड इन्टरटेनमैन्ट संस्थाको विधिवत रुपमा स्थापना भएको छ।

भक्तपुरस्थित आज गुरुपूर्णिमा पर्वको पवित्र अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि इन्दिरा म्यूजिक एण्ड इन्टरटेनमैन्ट  डिजिटल संस्थाको शुभारम्भ गरिएको हो। 

यस इन्दिरा म्यूजिक एण्ड इन्टरटेनमैन्टले गीत संगीत म्यूजिक भिडियो तथा चलचित्र उत्पादन, विक्रि वितरण, निर्माण लगायत नयाँ प्रविधिमा आधारित सम्पूर्ण कार्यहरु गर्नेछन्।

गायिका, समाजसेवी तथा महिला सफल उद्यमी इन्दिरा भट्टराईले इन्दिरा म्यूजिक एण्ड इन्टरटेनमैन्ट प्रविधियुक्त संस्थाको स्थापनासँगै आजबाट अर्को डिजिटल उद्यमीकाे रुपमा फड्को मारेकी हुन्।

हालसम्म गायिका इन्दिरा भट्टराईको सुरिलो आवाजमा ७ वटा देउडा गीतहरु रेकर्ड भइसकेका छन् भने ‘मायाको घर’ ‘न्यूरोडमा एक्सिडेन्ट’ ‘काठमाडौको माइक्रो बसैमा’“तिमी हासे हासौला, रोय आँशु पुछौला” लगायत ५० भन्दा वढी गीतहरु बजारमा चर्चित छन्।

एलबम ‘लेकवेसीका सुसेली’ले गायिका इन्दिरा भट्टराईलाई यस म्यूजिक क्षेत्रमा स्थापना गराएको थियो भने यस अघि तीज विशेष ‘चेलीको व्यथा’ नामक एलबम बजारमा ल्याइसकेकी छिन्।

अबको केहि दिन भित्रैमा आगामी तीज विशेष ‘नाँचौ मितिनी’ म्यूजिक भिडियोको रिलिज गर्ने पूरा तयारी हालतमा रहेको समेत गायिका इन्दिरा भट्टराईले जानकारी दिइन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’