राष्ट्रपति रनिङ्गशिल्ड लगातार कुस्माको नमुनालाई

पर्वत / पर्वतमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०७६ नमुना आवासिय माबि कुस्माले जितेको छ ।
गतबर्षको रनिङ्गशिल्ड बिजेता समेत रहेको नमुनाले यसपटक पनि अन्य बिद्यालयहरुलाई पछि पार्दै रनिङ्गशिल्ड आफ्नै पोल्टामा पार्न सफल भएको हो ।
रनिङ्गशिल्ड बिजेता नमुनाले १४ स्वर्ण, ११ रजत र १ कास्य पदक हात पारेको छ । यसैगरी दोस्रो भएको कालीगण्डकी एकेडेमी कुस्माले ७ स्वर्ण, ७ रजत र २ कास्य पदक जितेको छ भने तेस्रो भएको जनत माबि देबिस्थानले ७ स्वर्ण र २ रजत पदक जितेका छन । कुस्मा र फलेबास नगरपालिकाका ५ बिद्यालयले मात्रै भाग लिएको प्रतियोगितामा भलिबलको उपाधी भने जनता माबिले जितेको छ ।


जिल्ला खेलकुद बिकास समिति पर्वतको आयोजनामा कुस्मामा असार २३ र २४ सम्म गरि दुई दिन चलेको प्रतियोगितामा एथलेटिक्सका बिभिन्न इभेन्टका साथै भलिबल, तेक्वान्दो र कराँते खेल समावेश गरिएको थियो । रनिङ्ग शिल्ड प्रतियोगितामा बिजयी बिद्यालय र खेलाडीहरुलाई कुस्मा नगरपालिका वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले पुरस्कार र शिल्ड प्रदान गर्नुभयो ।
पर्वतमा भएको प्रतियोगितामा उत्कृष्ट भएका ८६ जना खेलाडीलाई प्रदेशस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागी गराईने जिल्ला खेलकुद बिकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङ्गले जानकारी दिनुभयो । प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने खेलाडीलाई मंगलबार बिदाई गर्ने कार्यक्रम रहेको छ ।


यसअघि सोमबार प्रतियोगिताको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले उद्घाटन गर्नुभएको थियो ।


सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’