यसरी नेतृत्व लिन सिक्दै छन पर्वतका युवाहरु

पर्वत/ यूवाहरुको नेतृत्व तथा क्षमता विकास गर्नका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा २ दिने कार्यशाला गोष्ठी शुरु भएको छ । युनेस्को काठमाण्डौको सहकार्यमा कुश्मा नगरपालिका र जिल्ला युवा समितिको कार्यालय पर्वतको आयोजनामा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा जिल्लाका बिभिन्न ७ ओटा स्थानीय तहका ६० जना यूवाहरुको सहभागिता रहेको छ । कार्यशालामा दिगो विकास लक्ष्य प्राप्तीका लागि यूवाहरुको क्षमता तथा नेतृत्व विकास, दिगो विकासका लागि यूवाहरुले खेल्न सक्ने भूमिका, समाज र समुदायमा यूवाहरुले गर्न सक्ने नमूना कार्य लगायतको बारेमा छलफल र अन्तरक्रिया गरिने जिल्ला यूवा समितिको कार्यालय पर्वतका प्रमुख राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । कार्यशालामा कार्यालय प्रमुख क्षेत्री सहित युनेस्कोको कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्ने संस्था मेगास्किल ट्रेनिङ्ग तथा रिसर्च सेण्टरका कार्यकारी प्रमुख तथा सामाजिक अभियान्ता ओमशर्मा चापागाईँले सहजीकरण गरिरहनुभएको छ । यूवाहरुको सोचमा परिवर्तन ल्याउन र आत्म जागरण गराउनको लागि कार्यशाला महत्वपूर्ण रहने सहजकर्ता चापागाईँले बताउनुभयो । कार्यशाला गोष्ठीको समापन भोली हुने छ ।
यसैबीच, अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्mले लामिछानेले भौतिक संरचनाको विकास मात्र विकास नभई व्यक्तिको शारीरिक, मानसिक र संवेगात्मक विकासमा पनि उत्तिकै जोड दिनु आवश्यक रहेको बताउनुभयो । अहिलेको यूवा पुस्ता नै भोलीका लागि देश धान्ने र देश चलाउने संयन्त्र भएका कारण आजका यूवामा सकारात्मक सोचको विकास हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । यूवा शक्ति नै देशको जिम्मेवारी काँधमा लिने शक्ति भएकाले २ दिने कार्यशाला यूवाहरुको नेतृत्व र क्षमता बृद्धि गर्नका लागि महत्वपूर्ण रहने उहाँको भनाई छ । यस्तै, उद्घाटन कार्यक्रमका अध्यक्ष तथा कुश्मा नगरपालिका अन्तर्गत सामाजिक विकास संयोजक शिवप्रसाद पौडेलले यूवाहरुको क्षमता र नेतृत्व अभिबृद्धि गर्नका लागि कुश्मा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यूवा अवस्था नै जीवनको उर्जा्शिल समय भएका कारण यही समयलाई सदुमपयोग गरी जीवनको बाटो कोर्न सक्नुपर्ने उहाँको भनाई छ ।
यस्तै, सहजकर्ता ओम शर्मा चापागाईँले कार्यशाला गोष्ठी यूवाहरुको लागि उपयोगी हुने बताउँदै आयोजक कुश्मा नगरपालिका र यूवा समितिको कार्यलयलाई धन्यवाद ज्ञापन गर्नुभयो । यूवा समितिको कार्यालयका प्रमुख तथा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले यूवाहरुको सोचमा सकारात्मक परिवर्तन नआए त्यसले देशकै लागि हानि गर्ने भएकोले यूवाहरुले देश परिवर्तन गराउन पहिले सकरात्मक र रचनात्मक सोचको विकास हुनुपर्ने बताउनुभयो । कार्यक्रममा कुश्मा नगरपालिका ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले कार्यशालामा सहभागी हुनुभएकाहरुलाई सफल सिकाईमा ध्यान दिन अनुरोध गर्दै यूवाहरु उदाउँदै गरेको सूर्य जस्तै भएको बताउनुभयो । नेपाल दलित अभियान्ता याम परियार (शिव) ले यूवामा आपूmलाई परिवर्तन गरी सिंगो राष्ट्र नै परिवर्तन गराउन सक्ने क्षमता हुने भएकोले त्यसको सदुपयोग गर्न आह्वान गर्नुभयो । नेपाल पत्रकार महासँघ पर्वतका अध्यक्ष छविलाल तिवारीले देशको समृद्धिको आधार स्वनिर्भर यूवाशक्ति भएकाले यूवाहरु आँपैm नै केही गर्नका लागि जागरुक हुनुपर्ने सुझाव दिनुभयो । कार्यशाला उद्घाटन सत्रको कार्यक्रमको संचालन पत्रकार संजय रेग्मीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’