पर्वतको कुस्माबाट रेडियो सम्बृद्धले थाल्यो परिक्षण प्रसारण,जन्मदिनमा १० संस्थालाई आर्थिक सहयोग

पर्वत / पर्वत जिल्लाको सदरमुकाम कुश्मावजारबाट सामुदायिक रेडियो सम्बृद्ध नेपाल ९२ मेगाहर्जले सोमवार देखि परिक्षण प्रशारण सुरु गरेको छ । नेष्डो नेपाल तथा अमरटिका प्रतिष्ठान नेपालले सञ्चालन गरेको रेडियोको स्टेसन आइडी बजाएर परिक्षण प्रसारणको थालनी गरेको हो । रेडियोको उद्घाटन भने सञ्चार तथा सुचना प्रबिधी मन्त्रालयवाट नियमित प्रशारणको अनुमती पाएपछि हुनेछ ।


सञ्चार, मानव अधिकार र विकास भन्ने मुल नारा वोकेको ५ सय वाट प्रशारण क्षमता भएको रेडियो अत्याधुनिक रेडियो उपकररण सहित झण्डै ४२ लाख ५० हजारको लागतमा स्थापना गरिएको रेडियोले जानकारी दिएको छ । स्थानीय समुदायमा भए गरेका विकाससंग सम्वन्धित गतिविधीलाई समेटन रेडियो स्थापना गरेको अध्यक्ष बिश्वप्रकास प्रसाईले बताउनुभयो । चेतनलाई चेतना, असंगठितलाई संगठन र विपन्नलाई आयआर्जनको लागि प्रोत्साहन गर्दै समृद्ध पर्वत निर्माणमा योगदान गर्नु रेडियोको मुल उद्देश्य भएको उहाँको भनाई छ ।


नेष्डो नेपालका अध्यक्ष रत्नप्रसाद अधिकारी, पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिवारी, पर्वत जेसिजका अध्यक्ष मोहन आचार्य लगायतले रेडियोको सफलताका लागि शुभकामना ब्यक्त गर्नुभएको थियो ।

जन्मदिनमा १० संस्थालाई आर्थिक सहयोग


नेपाली कांग्रेस पर्वतका सचिब समेत रहेका सामुदायिक रेडियो सम्बृद्ध नेपाल तथा नेष्डो नेपालका संस्थापक अध्यक्ष बिश्वप्रकास प्रसाईले आफ्नो जन्मदिवसमा सामाजिक क्षेत्रमा क्रियाशिल १० वटा संस्थालाई आर्थिक सहयोग गरेर मनाएका छन । उनले जन्मदिनमा १५ जना बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री समेत बितरण गरेका छन ।

अध्यक्ष प्रसाईले गायत्री आमा समूहलाई सत्संग आश्रम निर्माणका लागि ३० हजार, रोटरी क्लव अफ पर्वतलाई एम्वुलेन्स सञ्चालनर्थ स्थापित अक्षयकोषमा २५ हजार, मानवीय सेवामा खर्चिने गरी इनरह्वील क्लव अफ पर्वतलाई १५ हजार, लायन्स क्लव अफ भुमेकोट पर्वतलाई १० हजार, पर्वत जेसिजलाई १० हजार आर्थिक सहयोग गरेका छन । यस्तै रोट्याक्ट क्लव अफ पर्वतलाई १० हजार, रोटयाक्ट क्लव अफ पर्वत पोखरालाई १० हजार, स्थानीय बालमन्दिर आधारभुत विद्यालयमा इन्टरनेट जडानको लागि ७ हजार पाँच सय, गुप्तेश्वर वेदवेदाङ पाठशालालाई र ५ हजार र दिर्घ विरामी देवि परियारलाई ५ हजार आर्थिक सहयोग गरेका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’