पर्बतको बिकासको लागि कुनै कसुर बाकि नराख्ने ः सांसद गिरी


असार ६ ,पर्बत /पर्बतको बिकासको लागि आफुले कुनै कसुर बाकि नराख्ने प्रतिनिधि सभा सदस्य पदम गिरीले बताएका छन् । प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल दुर्लुङ्गकोटमा निमार्णधिन प्रहरी चौकीको शिल्यान्यासको क्रममा गिरीले यस्तो बताएका हुन । आफ्नो जन्म गाउँमा स्थापना हुन लागेको प्रहरीचौकी समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ग्रामीण क्षेत्रमा पनि सवैखाले भौतिक पूर्वाधारका सुविधाहरु पुगेको अवस्थामा सुरक्षा अत्यावश्यक रहेको बताउँदै प्रत्येक नागरिकको सुरक्षाका लागि राज्य गम्भीर रहेको उनले बताए । गिरीले अब मुलुक आर्थिक विकासको चरणमा अघि बढेको बताउँदै त्यसका लागि प्रत्येक नागरिकलाई सुरक्षाको ग्यारेण्टी हुनुपर्ने बताए ।
फरक प्रसङमा बोल्दै उनले देशले राजनितिक परिर्वतन को कार्यभार पुरा गरेको र अबको जिम्मेवारी भनेको देशको समृद्धि रहेको बताए । सुखि नेपाल समृद्ध नेपालको निमार्णमा बर्तमान सरकारले कदम अगाडि बढाएको बेला सबैले राम्रा र रचनात्मक कामलाई सहयोग गर्न आग्रह गरे । पर्बतको बिकासको लागि पुर्बाधार पहिलो सर्त रहेको बताउँदै आफ्नो कार्यकालमा यस क्षेत्रमा उल्लेखनिय परिर्वतन गरिने उनको भनाई थियो ।

पर्यटकीय क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि कुश्मा नगरपालिका वडा नं. ३ मा रहेको दुर्लुङ्गकोटमा प्रहरी चौकी स्थापना गर्न थालिएको हो । स्थानीय रुपमा गैरकानूनी र अपराधिक क्रियाकलाप बढ्दै गएपछि स्थानीयवासीहरुकै सक्रियतामा प्रहरी चौकी स्थापना गर्न थालिएको प्रहरी चौकी निर्माण समितिका सचिब दिपक गदालले जानकारी दिए ।


कुश्मा नगरपालिका वडा नं. ३ का रु १ लाख रुपैया सहयोगमा निर्माणकार्य थालिएको चार कोठे उक्त भवनका लागि रु १२ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रहरी चौकी स्थापनाका लागि कुश्मा नगरपालिकाले पनि केहि रकम सहयोग गर्ने आश्वासन दिएको उनले बताए । बाँकी रकम स्थानीयवासीहरुसँग चन्दा संकलन, आमा समुह, सामुदायिक बन उपभोक्ता समुह संकलन गर्ने तयारीमा जुटेको गदालले बताए ।
ग्रामीण क्षेत्रका बासिनदहरुलाई शान्तिपसुरक्षा प्रदान गर्ने उद्धेश्यले स्थानीयकै सक्रियतामा प्रहरीचौकी स्थापना गर्न लागिएको निर्माण समितिका अध्यक्ष विकास सुनारले बताए । उनका अनुसार आगामी दशै अगावै प्रहरी चौकी निर्माण सम्पन्न गर्नेगरी काम थालिएको बताए ।

सो अवसरमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल, प्रहरी नायब उपरिक्षक दिलिप घिमीरेले प्रहरीचौकी सम्प्न्न गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रहरी चौकी स्थापना पश्चात उक्त स्थानमा प्रहरी सहायक निरिक्षकको नेतत्वमा दश जनाको दरबन्दि रहेको टोली परिचालन गरिने प्रहरी नायब उपरिक्षक दिलिप घिमीरेले जानकारी दिए ।
द्वन्द्वकालमा विस्थापित भएका विभिन्न चौकीहरु पुर्नस्थापना गर्ने लहर चलिरहेको बेला यहाँ भने नयाँ चौकी स्थापना गरिएको हो । उक्त प्रहरी चौकीबाट कुश्मा नगरपालिका वडा नं. ३, २, मोदी गाउँपालिका वडा नं. ४, र जलजला गाउँपालिकाको वडा नं. ८ का बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । पर्वतमा यसै साता जलजलाको लेखफाँटमा स्थानीयकै सक्रियतामा बनेको प्रहरी चौकी उद्घाटन गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’