सलमान खानलाई ५ वर्ष जेल सजाय

काठमाडौँ । करिब २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मामलामा बलिउड अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय हुने भएको छ। सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो।

सलमान खानका साथै अभिनेता सैफअलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको थियो। जोधपुर अदालतले बिहीबार सलमान खानलाई दोषी ठहर गरेको छ भने अन्यलाई सफार्इ दिएको छ।
सलमान लगायत अन्य कलाकार २० वर्ष पहिले फिल्म सुटिङका लागि जोधपुर गएका बेला शिकार खेलेका थिए। यो मुद्दा भारतको वन्यजन्तु कानुन अन्तर्गत दर्ता गरिएको थियो। जसमा दोषी पाइएकालाई ६ वर्ष सम्मको जेल सजायको प्रावधान रहेको छ। सलमान खानले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै आएका थिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’